• ४ साउन २०८३, सोमवार
  • २० °C काठमाडौं
चुरेकुञ्ज समाचारको साथी : १५ औं स्थापना दिवसको शुभकामना

चुरेकुञ्ज, ३ साउन, बर्दिया ।

प्रकाशकीय ......

बर्दियाबाट प्रत्येक आईतवार साप्ताहिक रुपमा निरन्तर प्रकाशन भै रहेको संरक्षण, सन्तुलित र तथ्य समाचारको साथी प्रेस काउन्सिल नेपालको ख बर्गमा बर्गिकृत यस चुरेकुञ्ज साप्ताहिक पत्रिका प्रकाशनको १५ औं बर्ष गाँठको अवसरमा हामी हाम्रा विज्ञापनदाता, पाठक, पत्रिकामा आवद्ध पत्रकार एवं कर्मचारी, सहयोगी तथा सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ । यस पत्रिकालाई आजको दिन सम्म ल्याउन तपाईहरुले दिएको महत्वपूर्ण सल्लाह सुझाव र सहयोग प्रति हामी सदैव ऋणी र आभारी छौं । विभिन्न दैवीप्रकोप, महामारी एवं आरोह अवरोहका वावजुत नागरिकलाई सत्य सूचना प्रवाह गर्न हामी सदैव प्रतिवद्ध छौं ।

प्रकाशनको १४ औं बर्षमा यस पत्रिकाले संस्थापक सम्पादक कृष्णप्रसाद बस्याल (राकेश) लाई गुमाउनु पर्दा मर्माहत र पीडित छौं । संस्थापक सम्पादक स्वर्गिय बस्यालको बार्षिक पूण्य तिथिका अवसरमा उहाँको दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणगर्दै शोकसन्तप्त परिवारजनमा समवेदना सहित बस्यालको स्वर्गारोहणमा गहिरो दुःख ब्यक्त गर्दछौं । पत्रिकाको श्रीबृद्धिमा उहाँको योगदान अमर रहनेछ ।

पत्रिका प्रकाशनको १५ बर्षगाँठ मनाईरहँदा मिडिया क्षेत्रमा आएको संकटापन्न अवस्थाबाट गुज्रिनु परेको अनुभव हामीसँग छ । केन्द्रिय तथा स्थानिय सरकारले मोफसलमा प्रकाशित पत्रपत्रिकाहरु माथी राखेको दृष्टिकोणले चिन्तित बनाएको छ । जिल्लामा उद्योग धन्दा, कलकारखाना, ब्यापार, ब्यवसाय प्रशस्त मात्रामा नहुँदा पनि विज्ञापन अभावमा स्थानिय स्तरका पत्रपत्रिकाहरु धराशायी वन्दै गएका छन् । स्थानिय पालिकाहरुले नागरिकको सूचनाको हक स्थापित गर्ने स्थानिय पत्रपत्रिका माथी अपनत्व नलिँदा मिडिया उद्योगमा जोखिम बढेको पाईन्छ ।

एकातिर विज्ञापन अभाव अर्कोतिर प्रविधिको विकासले पनि प्रिन्ट मिडियाहरुको अवस्था नाजुक बनेको छ । प्रविधिलाई आत्मसात गर्दै विश्वभरका पाठकहरुलाई हाम्रो प्रकाशित समाचार पुर्याउने उद्देश्यले हामीले डिजिटल पत्रिका धधध।अजगचभपगलवब।अयm संचालनमा ल्याएका छौं । फेसवुक पेज मार्फत भिडियो, अडियो समाचार समेत प्रसारण गर्न पाउँदा हर्षित छौं । प्रविधिको विकाससँगै अगाडी बढ्ने जमर्कोमा तपाईहरुको साथ सहयोग सह्निय छ । यस पत्रिकाको निरन्तरताको लागि तपाईहरुको सहयोग, सल्लाह, सुझाव एवं शुभेच्छाको सदैव प्रतिक्षारत छौं ।

देवेन्द्र पाण्डे (मंगल), अध्यक्ष / यादव प्रसाद आचार्य, प्रकाशक/ सुभाष कुमार पोखरेल, सम्पादक एवम् सम्पूर्ण चुरेकुञ्ज परिवार ...

सम्बन्धित समाचार

Facebook Comments