मानव बेचबिखन तथा ओसारपसार विरुद्ध यातायात व्यवसायीलाई सचेतना
मुरली गोडिया, १२ असार, गुलरिया (बर्दिया) । मानव बेचबिखन, ओसारपसार नियन्त्रण तथा रोकथामका लागि यातायात व्यवसायीहरूसँग अन्तरक्रिया गरिएको छ । बेचविखन रोक्नु अभिप्रायले यातायातकर्मीलाई सचेत पारिएको हो ।
हाम्रो आवाज : बेचबिखन तथा शोषणबाट मुक्त समाज भन्ने नाराका साथ आयोजित कार्यक्रममा यातायात व्यवसायीहरूको भूमिका, मानव बेचबिखनका संकेतहरू, जोखिममा रहेका व्यक्ति पहिचान गर्ने उपाय तथा शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने विषयमा छलफल गरिएको माइती नेपाल बर्दियाकि संयोजक गायत्री रिमालले जानकारी गराउनु भयो । कार्यक्रममा गुलरिया स्थित अटो चालक र टाँगा चालकहरुको सहभागीता थियो ।
कार्यक्रममा सहभागी टाँगा सन्चालक कल्लु राइनले माइती नेपालको प्रशन्सा गर्दै मानव बेचबिखन रोकथाममा यातायात व्यवसायी अग्रपंक्तिमा रहने भएकाले यात्रुहरूको गतिविधिप्रति सजग रहनुपर्ने, बालबालिका तथा महिलाको अस्वाभाविक यात्रा देखिएमा आवश्यक सोधपुछ तथा सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ । अटो चालक श्रीराम रैदासले यस्ता कार्यक्रमहरु समय समयमा गर्नु पर्ने र सहभागीमा मानव बेचबिखन बारे सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनु भयो ।
कार्यक्रम माइती नेपाल बर्दियाले आयोजना गरेको थियो । कार्यक्रममा यातायात व्यवसायी, सरोकारवाला तथा अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सबै पक्षको साझा प्रयास, जनचेतना अभिवृद्धि तथा आपसी समन्वयलाई थप प्रभावकारी बनाउँदै सुरक्षित समाज निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
२१ °C काठमाडौं
Facebook Comments