गुणस्तरीय शिक्षाको लागि बढैयातालमा सामूहिक प्रतिबद्धता
दलबहादुर सुनार, १० असार, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नम्बर ९ मा गुणस्तरी शिक्षाको लागि सामूहिक प्रतिबद्धता गरिएको छ । अवाना क्लब नेपालको आयोजनामा सर्वाङ्गिण बाल विकास परियोजनाको सहयोग र वडा नम्बर ९ को समन्वयमा भएको अभिभावक शिक्षा कार्यक्रममा स्थानीय सरोकारवालाहरूले प्रतिबद्धता जनाएका हुन् ।
मुक्तकमैया आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थारुको अध्यक्षता तथा बढेयाताल गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष वीरबहादुर थारुको प्रमुख आतिथ्यतामा भएको अभिभावक शिक्षक कार्यक्रममा स्थानीय विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, बाल क्लब लगायतले संयुक्त रुपमा प्रतिबद्धता जनाएका छन् ।
सरोकारवालाहरूले जनाएका प्रतिबद्धताहरु :
१ बालबालिकाको भविष्यसँग संवेदनशील हुने र जिम्मेवार बन्ने ।
२ नतिजामा केन्द्रित पठनपाठनलाई प्राथमिकतामा राख्ने ।
३ विद्यार्थीहरू कमजोर हुनुका कारण पत्ता लगाउने र सामूहिक योजना बनाउने ।
४ सुधार गर्नुपर्ने क्षेत्रको पहिचान गर्ने र सुधारका योजना बनाउने ।
५ बालबालिकालाई माया गर्ने सहानुभूति दिने ।
६ बालबालिकालाई समान व्यवहार गर्ने र सम्मान गर्ने ।
७ बालबालिकालाई दण्डरहित सकारात्मक अनुशासन प्रयोग गर्ने ।
८ बालबालिकाको स्वास्थ्य र पोषणमा ध्यान दिने ।
९ सुरक्षित वातावरण प्रदान गर्ने ।
१० सही संस्कार र असल व्यवहार सिकाउने ।
११ बालबालिकाको कुरा ध्यान दिएर सुन्ने ।
१३ नरम र सम्मानजनक भाषाको प्रयोग गर्ने ।
१४ त्रास रहित विश्वासको वातावरण बनाउने ।
१५ बालबालिकाको लागि दैनिक समय दिने ।
१६ घर, विद्यालय र स्थानीय सरकार बिचको सम्बन्ध बलियो बनाउने ।
बालबालिकामा लगानी नेपालको सुनौलो बिहानी भन्ने मूल नाराका साथ भएको अभिभावकका लागि अभिभावक शिक्षा कार्यक्रमको सहजीकरण दलबहादुर सुनारले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यका बारेमा आवान क्लबका कार्यक्रम संयोजक रामबहादुर थारुले गर्नुभएको थियो । बालबालिकाको गुणस्तरीय शिक्षामा देखेका समस्या, चुनौती र समाधानका विषयमा अभिभाव र स्थानीय सरोकारवाला बीच सम्वाद गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक थारुले जानकारी दिनुभयो ।
सोमबार मुक्त कमैया आधारभूत विद्यालयताल बढैयाताल गाउँपालिका वडा नम्बर ९ जनतानगरमा भएको कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक हितराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य बुद्धिबहादुर थापा, वडा महिला वडा सदस्य गीता परियार, कालिका मावि मुनालबस्तीका रामप्रसाद लुइटेल, शक्ति आ.बि शक्तिनगरका रमेश यादव, शिवशक्ति आ.बि. टेसनपुरका सिताराम थारु, स्थानीय टोल बरघरहरू चारवटा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, बालकलबका प्रतिनिधि लगायतको सहभागीता थियो ।
२२ °C काठमाडौं
Facebook Comments