• १० भदौ २०८३, बुधवार
  • २२ °C काठमाडौं
शैक्षिक क्षेत्रमा अब्बलबन्दै ठाकुरबाबा नगरपालिका

यादव आचार्य, १० भदौ, बर्दिया । पश्चिम तराईकै पर्यटकिय गन्तब्य बर्दिया राष्ट्रिय निकुञ्जको काखमा अवस्थित ठाकुरबाबा नगरपालिका शैक्षिक क्रान्तिको पथमा अघि बढेको छ । शैक्षिक सुधारको २० बर्षिय गुरु योजना सहित पहिलो प्राथमिकतामा राखिएको शैक्षिक कार्यक्रम मार्फत संस्थागत बिकासगर्दै शैक्षिक क्षेत्रमा फड्को मार्ने पालिकाको लक्ष्य छ । 

नगरपालिकाले शिक्षा सुधारको लागि २० बर्षे तथा १० बर्षे गुरु योजनासँगै नगर शिक्षा ऐन, शिक्षा नियमावली, कार्यविधिहरु लगायत स्थानिय पाठ्यक्रम श्रोत सामाग्री सँगालो निर्माण गरेको छ । त्यस्तै शैक्षिक सुधार गर्न क्यालेण्डर, विद्यालय दर्पण, पाश्र्वचित्र, स्थानिय पाठ्यक्रममा नैतिक शिक्षा लागु गरेको ठाकुरबाबा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताए । नगरका विद्यालयहरुमा विद्यार्थीमैत्री बातावरणका लागि कक्षा १२ सम्म निःशुल्क शिक्षासँगै सबै सामुदायिक विद्यालयहरुमा एउटै पोषाक र निःशुल्क टाई, बेल्ट तथा न्यानो कपडा उपलब्ध गराएका छौं ।

उनले भने, नगरका सबै सामुदायिक विद्यालयहरुमा एकै समयमा संगीतमय पिटि गर्ने ब्यवस्था छ । विद्यालयहरुमा विद्यार्थी उत्प्रेरणा कक्षासँगै कक्षा ५ को परिक्षा नगरस्तरिय बनाएका छौं । विद्यार्थीहरुमा बाहिरी ज्ञानका लागि अतिरिक्त कक्षा संचालनगर्दै शूक्रवार श्रृजनाबारका रुपमा लिई सिकाईलाई प्रभावकारी बनाउने हाम्रो प्रयास हो । अधिकृत रिजालले थपे, विद्यार्थीहरुलाई प्रविधिमा जोड्दै गुणस्तरिय फर्निचर तथा सुविधायुक्त भवन निर्माणमा नगरपालिका तल्लिन छ । 

शिक्षा क्षेत्रको आमुल विकासका लागि पालिकाले विद्यालय तथा शिक्षण सिकाई बातावरण सुधारको निति अवलम्बन गरेको छ । पालिकाले क्षिक प्रोत्साहन अन्र्तगत शिक्षकको मासिक भुक्तानी, माध्यमिक तहका प्रधानाध्यापकहरुलाई मोटरसाईकल वितरणसँगै प्रअहरुलाई तहगत रुपमा भत्ता उपलब्ध गराउने ब्यवस्था मिलाईएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताए । पालिकाले नमुना र महिला मैत्री विद्यालय बिकास गर्न उत्कृष्ट नतिजा दिने ८४ जना शिक्षकलाई १० हजारका दरले पुरस्कारसँगै सम्मान दिने गरिएको उनले प्रष्ट्याए ।

पालिकाले २ बर्षे सेवा अवधि पुगेका सबै नगर तथा बालविकास शिक्षक र विद्यालय कर्मचारीका लागि अनुदानमा आधारित सुरक्षा कोषमा आवद्ध गराएको छ । उत्कृष्ट नतिजा प्राप्त विद्यालयलाई १ लाख पुरस्कार दिने पालिकाको निति रहेको छ । नगरप्रमुख लम्सालले थपे, शिक्षक बैंकको ब्यवस्था गर्दै नव प्रर्बद्धन योजना कार्यान्वयनार्थ विद्यालयलाई प्रोत्साहन अनुदान दिने ब्यवस्था मिलाएका छौं । पालिकाले शैक्षिक क्रान्ति मार्फत शिक्षा सुधार गरेसँगै विभिन्न क्षेत्रहरुबाट पुरस्कृत समेत भएको छ । अन्र्तर तथा बाह्य जिल्लाबाट पालिकामा विकास अवलोकन भ्रमणमा आउनेको संख्या पनि उत्तिकै छ ।

सम्बन्धित समाचार

Facebook Comments