बेपत्ताका परिवारहरु सधैं पीडामा (भिडियो)
बर्दिया । तत्कालिन राज्य र बिद्रोही पक्षविच द्वन्द भएको साढे २ दशक वितिसक्दा पनि बेपत्ता पारिएका ब्यक्तीहरुको अवस्था सार्वजनिक गर्न सरकारले सकेको छैन । आफ्ना मान्छे फर्केर आउने आशामा बसेका पीडित परिवारहरुका हेर्दाहेर्दै आँखा पाट्टीसकेका छन् ।
बेपत्ताका बालवालिकालाई भविष्यको चिन्ता शुरु भएको छ । सरकारले १० लाख दिएपनि शिक्षादीक्षा एवम् घरपरिवार चलाउन कठिन रहेको बारबर्दिया नगरपालिका ११ बेलभारकी देवमाया चौधरीले बताउनुभयो । तत्कालिन द्वन्दका बेला राज्य र बिद्रोही दुवै पक्षबाट नागरिकहरु मारिए, बेपत्ता पारिए र अंगभंग पनि भए । घरमा सुतिरहेको, काममा गएको, द्वन्दसँग सम्बन्ध नभएको अधिकांस परिवारहरु दुवै पक्षबाट चपेटामा परे । यतिका बर्ष वितिसक्दा पनि सत्यतथ्य सार्वजनिक नभएपछि उनीहरु दोहोरो तेहेरो पीडामा छन् । सरकारले दिएको राहत रकम प्रर्याप्त छैन । चौधरीले बेपत्ता भएकाहरुका दक्ष छोराछोरीलाई रोजगारीको ब्यवस्था गरिदिन सरकारसँग माग गर्नुभयो ।
बेपत्ता पारिएका ब्यक्तीको छानविन आयोगको तथ्यांक अनुसार बर्दियामा २ सय ५४ जना बेपत्ता रहेको द्वन्द पीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले बताउनु भयो । बेपत्ता पारिएका ब्यक्तीका परिवारका पीडा अनन्त छन् । आफ्ना मान्छेको बारेमा सत्यतथ्य थाहापाउनबाट समेत बञ्चित भएका पीडितहरु बलिन्द्र आँसुको जीवनमा पौडी रहेका छन् । उहाँले भन्नुभयो राज्यले यथाशिघ्र सत्यतथ्य घोषणा गरी पीडितका यावत् समस्या सम्बोधन गरी न्याय दिनु आवस्यक छ ।
Facebook Comments