राजापुरमा आयोजित वडास्तरिय क्रिकेटको उपाधी प्रयागपुरले चुम्यो
केशव कोईराला, २४ वैशाख, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ कार्यालयको आयोजनामा सञ्चालित वडा स्तरीय क्रिकेट प्रतियोगिता प्रयागपुर टीम विजयी भएको छ । विहिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा प्रयागपुरले रजपुरुवा टिमलाई पराजीत गरेको छ ।
रोमाञ्चक फाइनल खेलमा प्रयागपुर टिम विजयी बनेको छ । टस हारेर पहिले ब्याटिङ गरेको रजपुरुवाले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । ११४ रनको लक्ष्य पछ्याएको प्रयागपुरले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट गुमाउँदै १३ दशमलव २ ओभरमा लक्ष्य पूरा गरी उपाधि आफ्नो पक्षमा पारेको हो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका शुमित ध्वज चन्द म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा विभिन्न गाउँ तथा टोलका ४ वटा टिम सहभागी भएका थिए । प्रतियोगिताका विजेता टिमले नगद १३ हजार रुपैयाँ तथा उपविजेता टिमले ७ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार वितरण कार्यक्रम शनिबार एक विशेष कार्यक्रमका बीच आयोजना गरिने वडा नं. ३ का अध्यक्ष प्रसादु थारुले जानकारी दिए ।
२२ °C काठमाडौं
Facebook Comments