सामाजिक सद्भाव र एकता कायम राख्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्छन् : नगरप्रमुख थारु
केशव कोईराला, ३० असोज, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले सामाजिक सद्भाव, आपसी एकता र भाइचारा कायम राख्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नगरप्रमुख थारुले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरूबीच आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले नेपाली समाजको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेका चाडपर्वले परिवार, समुदाय र समाजलाई एकताबद्ध बनाउनुका साथै आपसी सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पु¥याउने बताउनुभयो । समाजमा बढ्दो बिकृती तर्फ ध्यान दिन सम्पुर्णलाई आग्रह गर्दै दुब्र्यशनी र बालबिवाह रोक्न सबै सचेत हुनुपर्ने खाचो औल्याउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष शर्मा चौधरी, नेपाली काङ्ग्रेसका नगर सचीव गोबिन्द खनाल, राजापुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विदुर पोख्रेल, वडा नम्बर ६ का वडाध्यक्ष अशराज न्यौपाने तथा वडा नम्बर ८ का वडाध्यक्ष राजेश थारुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बद्री खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष, प्रहरी प्रतिनिधि, उद्योग वाणिज्य संघका सल्लाहकार तथा कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले भरिपूर्ण देश भएको उल्लेख गर्दै यस्ता विविधतालाई सम्मान गर्नु नै सामाजिक सद्भावको आधार भएको सन्देश कार्यक्रमले दिएको छ ।
२० °C काठमाडौं
Facebook Comments