युनिक नेपालद्वारा वीमा बापतको २ लाख ३५ हजार रकम हस्तान्तरण
केशव कोईराला, २१ असोज, राजापुर (बर्दिया) । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाले एक कार्यक्रमको आयोजना गरि बिमा रकम प्रदान गरेको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं ०१ हिमालीपुर बस्ने अंगानी थारुलाई बिमा बाफतको रकम प्रदान गरेको हो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाले उनकै घरमा गई काजकिरिया तथा बिमा बाफतको रकम रु २ लाख ३५ हजार रुपैयाको चेक रकम राजापुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष बाबुराम चौधरी मार्फत हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै राजापुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष बाबुराम चौधरीले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले गरिब तथा विपन्न वर्गका परिवारहरुको आर्थिक तथा सामाजिक विकासमा संस्थाले योगदान पुयाएको बताए । वडा अध्यक्ष चौधरीले अहिले ऋण लिने नतिर्ने भाग्ने बेपत्ता हुने गरेकोले त्यसो नगर्न आग्रह गरे उनले किस्ता नियमित तिर्न, रकम छैन भने पनि घरबार छोडेर नजान आग्रह गरे ।
उनले त्यस्तो आर्थिक समस्या भए लघुबित्तसंग सम्पर्क गरि बरु ऋण तिर्ने सहज उपाय अपनाउन आग्रह समेत गरे । बडा अध्यक्ष चौधरीले भने हामी अधिकाश कृषी, पशुपालन गर्ने गरेको साथै स्वास्थ पनि कहिले के हुन्छ के रोग लाग्छ भन्ने एकिन नभएकोले हामीले स्वास्थ बिमा त्यसैगरी बाली बिमा, पशुबिमा गर्नु पर्ने बताए । अध्यक्ष चौधरीले ठुलो ऋण रकम लिई ब्यवसाय गर्छौ तर भोली के हुन्छ भनी एकिन नभएकोले हरेकले हरेक ऋणको बिमा गर्नु पर्ने र भबिष्यको जोखिमलाई न्युनिकरण गर्नुपर्ने बताए ।
उनले युनिकले ग्राहक संरक्षणमा गरिरहेका कार्यहरुको प्रशंसा समेत गरे । उक्त कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाका शाखा प्रबन्धक निर्मल रैकाले समाजसेवी तिर्थ बहादुर थारुको निधनमा दुख ब्यक्त गरे । अंगानी थारुको श्रीमान तिर्थ बहादुर थारुको ५३ वर्षको ंउमेरमा उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको थियो । उनका १ छोरी र १ छोरा रहेका छन् । उक्त कार्यक्रममा समाजसेवी, बडघर, स्वास्थ्य स्वयमसेबिका लगायतको सहभागिता रहेको थियो ।
१६ °C काठमाडौं
Facebook Comments