• २४ कार्तिक २०८३, सोमवार
  • १३ °C काठमाडौं
राजापुरमा साइट विदाउट ब्यारियर्स परियोजनाको उद्घाटन

केशव कोईराला, २१ कार्तिक, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा दृष्टिसम्बन्धी समस्या भएका नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको साइट विदाउट ब्यारियर्स परियोजनाको उद्घाटन गरिएको छ । आयोजित एक कार्यक्रमबीच शनिवार परियोजना उद्घाटन गरिएको छ । 

  • राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु र रोटरी क्लब अफ रुद्रमती काठमाडौंका पूर्वअध्यक्ष डा. ध्रुव भट्टराईले संयुक्त रूपमा परियोजनाको उद्घाटन गर्नुभएको हो । द रोटरी फाउन्डेसनको सहयोगमा सञ्चालन हुने उक्त परियोजनाको आयोजना तथा सहकार्यमा रोटरी क्लब अफ रुद्रमती काठमाडौं, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२, अन्तर्राष्ट्रिय साझेदार रोटरी क्लब अफ प्राग इन्टरनेसनल, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट २२४०, नेपाल रेडक्रस सोसाइटी बर्दिया र डीसी शिवगंगा आँखा अस्पताल रहेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल रेडक्रस सोसाइटी बर्दियाका निवर्तमान अध्यक्ष कृष्ण गौतमले परियोजना राजापुर क्षेत्रका नागरिकका लागि महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो । उहाँले आँखा स्वास्थ्य सेवाबाट वञ्चित तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचार सेवाको पहुँच विस्तार गर्न परियोजनाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

परियोजनाले दृष्टिसम्बन्धी समस्या भएका नागरिकको पहिचान, उपचार तथा आँखा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । विशेषगरी स्थानीयस्तरमै आँखा उपचार सेवाको पहुँच बढाउँदै सर्वसाधारणलाई सहज र सुलभ सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ । राजापुर नगरपालिकामा परियोजना सञ्चालनमा आएसँगै आँखा स्वास्थ्य सेवाको विकास तथा स्थानीय नागरिकको उपचारमा थप सहजता आउने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments