सिद्ध चेतनाको अदृश्य सेतु : फलारी बाबा
मुकुन्द अर्याल, १३ कार्तिक, बर्दिया । एउटा कुराले मलाई बारम्बार सोच्न बाध्य बनाउँछ । फरक समय र परिस्थितिमा जन्मिएका सिद्ध पुरुषहरूको स्वभाव, सोच र अनुभूतिमा किन यतिधेरै समानता भेटिन्छ ? उनीहरू एकअर्कासँग परिचित छैनन, भेटघाट पनि भएको छैन तर उनीहरूको जीवन, साधना र सत्यप्रतिको दृष्टिकोण किन मिल्दो देखिन्छ । मलाई लाग्छ, उनीहरू कुनै न कुनै अदृश्य सूत्रबाट एकअर्कासँग जोडिएका छन् । त्यो सम्बन्ध एउटै जन्ममा बनेको हो वा जन्मजन्मान्तरदेखिकै निरन्तरता हो भन्न चाहिँ सक्दिन ।
गौतम बुद्ध, महावीर, लाओत्से, आदि शंकराचार्य, कबीर, गुरु नानक, रामकृष्ण परमहंस, रमण महर्षि आदि सबैका स्वरुप फरक थिए, जीवनका बाटा पनि फरक थिए । कसैले ज्ञानको बाटो रोजे, कसैले ध्यान र मौनको, कसैले भक्ति भने कसैले वैराग्यको तर उनीहरूको अनुभूतिको केन्द्रमा समानता छ । आत्मबोध, अहंकारको त्याग, करुणा र सत्यको खोजी । हाम्रै सन्दर्भमा पनि शिवपुरी बाबा, योगी नरहरिनाथ र आधुनिक समयका ओशोलाई हेर्दा पनि यस्तै केही समानता देखिन्छ। उनीहरूको अभिव्यक्ति र जीवनशैली फरक भए पनि मानिसलाई आफ्नै अन्तरचेतनातर्फ फर्काउने आग्रहमा एउटा समानता पाइन्छ ।
सायद चेतनाको पनि आफ्नै संसार हुन्छ । जहाँ शरीर र परिचयभन्दा अनुभूतिको महत्व बढी हुन्छ । समय र दूरीले मानिसलाई अलग गरे पनि विचार र चेतनाले सिद्ध पुरुष हरुलाई नजिक ल्याउछन सायद । सिद्ध पुरुषहरू त्यही चेतनाको कुनै साझा धरातलमा जोडिएका हुन्छन् कि ? के उनीहरूबीचको सम्बन्ध एउटै जन्मको परिचयभन्दा धेरै पुरानो हुन्छ ? कि के हुन्छ ? मलाई लाग्छ, सिद्ध पुरुषहरू एकअर्कासँग व्यक्तिका रूपमा भन्दा चेतनाकै रूपमा बढी जोडिएका हुन सक्छन् । उनीहरू फरक समयमा जन्मिए पनि एउटै सत्यको खोजीमा रहेका फरक यात्री हुन सक्छन् ।
हिजो बोधिसत्त्व स्वामी आनन्द अरुणको अन्तरबार्ता हेर्दै थिए । जुन शिवपुरी बाबा सङ्ग सम्बन्धित थियो । उनको त्यो अन्तरबार्ताले सिद्ध पुरुषहरुमा हुने गरेको चेतनात्मक सम्बन्धलाई संयोगमात्र मान्न सकिँदैन । एउटा प्रसङ्गमा आनन्द अरुण भन्नुहुन्छ, उहाँ काठमाण्डौमै हुर्के बढेको भएपनि उहालाई शिवपुरी बाबाको बारेमा केही थाहा थिएन । शिवपुरी बाबाको समाधी स्थलका बारेमा पनि थाह थिएन । तर उहाँ भारतमै छदा ओशोले उहालाई शिवपुरी बाबाको समाधी स्थलका बारेमा बिस्तृत रुपमा बताउनु भयो र त्यहाँ जानकालागि प्रेरित गर्नु भयो । ओशोले त्यस समाधी स्थलको बारेमा यति बिस्तृत र सुक्ष्म तरिकाबाट बताउनु भयो , मानौ ओशो निकै लामो समय त्यहाँ बस्नु भएको थियो ।
जबकी ओशो कहिल्यै नेपाल आउनु भएको थिएन । कहिले भेट नभएका , चिनजान नै नभएका , कहिले भौतिक रुपमा नपुगिएको स्थानका बारेमा आखिर एउटा मानिसलाई सबै कुरा हुबहु कसरी थाह हुन्छ ? यो उच्च स्तरिय चेतनात्मक स्वरुपको एकिकरण नभएर के होला त स्वामी आनन्द अरुणका अनुसार शिवपुरी बाबा को जीवनयात्रा असाधारण देखिन्छ। सन् १८२६ मा भारतको केरलमा जन्मनुभएका उहाँले युवावस्थादेखि नै सांसारिक जीवन त्यागेर नर्मदा क्षेत्रको वनमा करिब २५ वर्ष एकान्त साधना गर्नुभयो। हजुरबुबाको इच्छाअनुसार करिब ४० वर्ष विश्वका विभिन्न देशको यात्रा गर्नुभयो। यात्राका क्रममा उहाले महारानी भिक्टोरिया, अल्बर्ट आइन्स्टाइन, म्याडम मेरी क्युरी, रामकृष्ण परमहंस र महर्षि अरविन्दजस्ता विश्वप्रसिद्ध व्यक्तित्वसँग भेट गर्नुभयो ।
लामो यात्रापछि करिब सन् १९२६ मा नेपाल आउनुभयो र जीवनका अन्तिम ३७ वर्ष काठमाडौंको शिवपुरी र ध्रुवस्थली क्षेत्रमा एकान्त साधना र आध्यात्मिक चिन्तनमा बिताउनुभयो। करिब १३७ वर्षको उमेरमा उहाले देह त्याग गर्नु भयो । यति लामो जीवन, विश्वभ्रमण र प्रभावशाली व्यक्तित्वहरूसँगको सम्पर्क हुँदाहुँदै पनि उहाँले आफ्नो परिचय, प्रसिद्धि र अनुयायीको विस्तारलाई कहिल्यै जीवनको उद्देश्य बनाउनुभएन। उहाँको जीवनको सार सही जीवन बाँच्नु र ईश्वरको आराधना गर्नु थियो । उहाँले भिड चाहानु भएन । फोटो खिचाउनु भएन ।
उहाको अनुमती बिना फोटो खिच्दा फोटोको पृष्ठभूमि पुरै कालो आउथ्यो फोटो आउदैनथ्यो भनिन्छ । उहाँले कर्मकाण्ड/पण्डागिरी लाई कहिल्यै महत्व दिनु भएन । उहाँको महासमाधी पछि मात्र उहाँ प्रसिद्धिमा आउनु भयो । सिद्ध पुरुषहरुको बास्ताबमा स्वाभाब एकै प्रकृतिको हुन्छ । स्वामी आनन्द अरुणले शिवपुरीबाबाको बारेमा व्याख्या गरिरहदा मैले मनमनै फलारी बाबालाई सम्झिरहे । फलारीबाबाको पनि स्वाभाब र जीवन पद्धति लगभग यस्तै किसिमको छ । लगभग १२० बर्षका फलारी बाबा आज पनि उत्तिकै कृयाशिल छन । मानिसको भिडमा जादैनन ।
प्रचार चाहादैनन । जङ्गलमा एकान्त बस्छन । कर्मकाण्डलाई महत्व दिदैनन । फोटो खिचाउदैनन । एकछाक फलार त्यो पनि सुकाइएको काचो केरा मात्र खान्छन । द्रब्य लिदैनन । राम भजन गर्छन । दीक्षा दिदैनन । कडा शारिरिक परिश्रम गर्छन, गौ सेवाकालागि । उनिसङ्ग अचम्मको अन्तरचेतना छ । सबै इश्वरीय अंश सङ्ग उनी अन्तरक्रिया गर्छन । शरीर र स्थानभन्दा धेरै परको अनुभूति छ उनिसङ्ग । म स्वामी आनन्द अरुणको अन्तरबार्ता सुन्दैछु । म फलारी बाबालाई सम्झिरहेको छु । बास्ताबमा सिद्ध चेतनाको अदृश्य सेत हुन्छ ।
१६ °C काठमाडौं
Facebook Comments