दशैँसँगै फर्किएका सम्झनाहरु
मुकुन्द अर्याल, २ कार्तिक, बर्दिया । दशैँको रौनकसँगै गुलरियाको बजारमा यसपालि अलि बढी नै चहलपहल देखिन्छ । विगतका वर्षहरूभन्दा बजारमा बढीनै उत्साह देखिन्छ । ठूला सहरमा बस्ने र समुद्रपारि पुगेकाहरूमध्ये केही फर्किएका छन्, केही दिनका लागि भए पनि । दशैँ एउटा बहाना बनेको छ घर फर्किने, आफन्त भेट्ने, पुराना साथीहरूसँग बस्ने र छुटेका स्मृतिहरूमा फेरि एकपटक बाँच्ने ।
यतिबेला बजारमा चिनेका अनुहारभन्दा नचिनेका अनुहार बढी देखिन्छन । सडकमा मान्छेको आवतजावत बढेको छ । पसलहरूमा भीड छ, भेटघाट बाक्लिएको छ र कुराकानीमा पुराना दिनहरू फर्किन थालेका छन् । दशैँले सहरमा रौनक मात्र थपेको छैन, कतिपयलाई आफ्नै विगतसँग पुनः साक्षात्कार भएको अनुभूति दिलाएको छ ।
यसै अवसरमा केही पुराना साथीहरूसँग भेट्ने मौका मिल्यो। कोही नेपालकै ठूला सहरबाट आएका । कोही समुद्रपारिबाट। वर्षौँपछि भेटिएका अनुहारमा समयका आफ्नै छाप देखिन्छन । कसैको बोली फेरिएको छ , कसैको जीवनशैली। कसैले संसारका नयाँ अनुभव बोकेर आएका छन त कसैले वर्षौँ पुरानो गाउँठाउँलाई मनभित्र जस्ताको तस्तै साँचेर ।
मानिसको स्वभाव एउटै कहाँ हुन्छ र ? कोही धेरै पाएर पनि सामान्य रहन्छन्, कोही सामान्य कुरालाई पनि ठूलो बनाएर देखाउन खोज्छन् । तर, कुरा गर्दै जाँदा एउटा समानता भने भेटिन्छ । मानिस जहाँ पुगे पनि, आफ्नो विगतबाट त्यति सजिलै छुट्टिन सक्दो रहेनछ।आफू हुर्केको आँगन, हिँडेको बाटो, पढेको विद्यालय, किताबकापी किनेको पसल, फिल्म हेरेको हल, जिलेबी खाएको ठाउँ, पौडी खेलेको खोला, ट्युसन पढेको कोठा । .... यी ठाउँहरू केवल ठाउँ मात्र कहाँ हुँदा रहेछन् र ? उमेर अघि बढ्छ, मान्छे टाढा पुग्छ, उसको संसार फराकिलो हुन्छ तर विगत समयका स–साना बाछिटाहरु मनको कुनै कुनामा उस्तै रहिरहन्छन् ।
सायद स्मृतिको हार्डडिस्क हुँदैन, जसलाई चाहेको बेला फम्र्याट गरेर पुराना कुरा मेटाउन सकियोस् । समयले केही दृश्य धमिलो पार्न सक्छ, अनुहार बिर्साइदिन सक्छ तर कुनै गल्ली, कुनै पसल, कुनै चौतारो वा कुनै पुरानो साथीको नामले अचानक ती दिनहरू फेरि जीवन्त बनाइदिन्छ । मानौँ, वर्षौँदेखि बन्द रहेको कुनै पुरानो ढोका खोलिदिन्छ र भित्रबाट आफूले बिर्सिसकेका कयौ स्वरुप बाहिर निकालिदिन्छ ।
दशैँको यही भेटघाटमा साथीहरूबाट विगतका कुरा पटकपटक दोहोरिएको सुन्दा मलाई यस्तै अनुभूति भयो । हामी वर्तमानमा उभिएर विगतका कुरा गरिरहेका छौ, तर कुराकानीको कुनै क्षणमा यस्तो लाग्छ मानौ हामी फेरि त्यही पुरानो समयमा फर्किएका छौँ । उमेरले हामीलाई कहाँकहाँ पु¥याइसकेको छ तर सम्झनाले फेरि एउटै ठाउँमा ल्याएर उभ्याइदिएको छ ।
यही क्रममा दस वर्षपछि अमेरिकाबाट आएका एक साथीले भने, æमुकुन्दजी, गुलरिया त अर्कै भएछ Û परिवर्तन भएन/भएन भन्छन् मानिसहरू, तर दस वर्षमा त अर्कै भएछ गुलरिया Û Æउनको भनाइमा गुलरियाको परिवर्तनप्रतिको आश्चर्य मात्र थिएन त्यसमा त उनले दस वर्षअघि छाडेको गुलरिया र अहिले फर्केर देखेको गुलरियाबीचको परिबर्तन थियो । उनको स्मृतिमा गुलरियाको सायद एउटा छुट्टै आकार थियो तर अहिलेको गुलरिया उनका आँखाले देखेको त्यो गुलयिया भन्दा बिल्कुल फरक थियो ।
हो , समयले गुलरिया बदलेको छ तर गुलरियासँग जोडिएका उनका पुराना यादहरुहरू भने अझ उस्तै छन । हिजै मात्र मैले मास्टर डिग्री पढ्दाको मेरो साथी/रुमपाट्नर सङ्ग लामो कुरा गरे । उ बाहिर गएको पच्चिस बर्षभन्दा बढी भै सकेको छ । उ यसपालीको दशैमा उसको गाउँ पर्बत आएको छ । उच्च स्तरको काम गर्छ त्यहाँ । जति नै ठुलो भएपनि कलेज साथी न हो, हामी तत र मम गर्छौ । कुराकानीमै मैले सोधे – के के गरिस त बे बिदेशी त्यहाँ गएर Û उसले भन्छ, के गर्नु यार Û जीवन बिताइयो बास । कुरै कुरामा उसले भन्यो बिहे गरियो, एक श्रीमति दुई बच्चा छन, गाडी चढ्छु , यहाँ सानो घर छ अनि बुढानिलकण्ठमा पाँचाना घडेरी किनेको छु ।
त्यहाँ घर बनाउन सकेको छैन यार । जादा जति खर्चे त्यति पनि छैन । अहिले गाउँ आएको, निकै परिवर्तन भैसकेछ गाउँ । तर दुख लाग्छ मुकुन्द , गाउँले बिर्सेछ । चिनेको मान्छे छैन । एक पुस्ता हराउदो रहेछ बीस/तीस बर्षमा त Û छोराछोरी त झन यहाँका हुने कुरै भएन । अब त एउटा स्मृति मात्र बाकी रह्यो आफ्नो ठाउको, न समाज छ, न आफन्ती ।
मैले भने, त जत्तिको मानिसले तेति पाजी त यहि गर्थिस नि । अरु सुना । उसले भन्छ– यहाँबाट सुनिने जस्तो र सोचिने जस्तो हुन्न रहेछ त्यहाँ । हिड बरु घुम्न एकपटक । बास्ताबमा एउटा घर, एउटा गाडी, काठमाण्डौ तिर घर घडेरी र केही तोला सुन सङ्ग एताका अमुल्य चिज साटेर धेरै कुरा तिलान्जली दिदै जवानी साट्ने हो तेता । जिवनको मूल्य जिवनको उत्तरार्धमा थाह हुने रहेछ ।
दशैँ एउटा चाड मात्र कहाँ हो र Û यसले त स्मृति, घर, सम्बन्ध, इतिहास, खुसी र विगत सबै बोकेर आउँछ । दशैमा वर्षौँ पुराना सम्झनाहरू फेरि ताजा हुन्छन् । घर छाडेर गएकाहरू फर्किन्छन् । घरमै हुनेहरू पनि पुरानो समयतिर फर्किन्छन्। भेटघाट हुन्छ, पुराना कुरा चल्छन्, छुटेका सम्बन्धहरू जोडिन्छन् । कतिपय अनुहार फेरि देखिन्छन्, कतिपयको अभाव झन् गहिरो गरी महसुस हुन्छ । दशैँले वर्तमानमा उभिएर विगतलाई नियाल्ने अवसर पनि दिन्छ ।
हो, दशैँ गुलरियामा पनि आएको छ । बजारमा चहलपहल बढेको छ । टाढा पुगेका मानिसहरू फर्किएका छन् । परिचित अनुहारसँगै अपरिचित अनुहार पनि बाक्लिएका छन् । लाग्छ दशैँले सहरमा रौनक मात्र थपेको छैन, यसले मानिसहरूसँगै तिनका कथा, सम्झना र सम्बन्ध पनि फर्काएर ल्याएको छ ।
१९ °C काठमाडौं
Facebook Comments