थारु महिला उत्थान केन्द्र बर्दियाको ३२ औं साधारण सभा
मुरली गोडिया, १७ असोज, गुलरिया (बर्दिया) । थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाको ३२ औं साधारण सभा गरिएको छ । विभिन्न दातृ निकायको साझेदारीमा जिल्लाका विभिन्न पालिकामा सन्चालन गर्दै आएको ६ वटा परियोजनाको आय–व्यय विवरण सभामा सार्वजनिकगर्दै आगामी वर्षका लागि नयाँ बजेट प्रस्ताव गरिएको छ ।
विभिन्न सामाजिक, सामुदायिक, वातावरण तथा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका ६ वटा परियोजनाको आय–व्यय विवरण सार्वजनिक गरिएको हो । सस्थाको तथ्यांक अनुसार केही परियोजनाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट समेत प्रस्ताव गरिएको छ ।
सस्थाका कार्यक्रम प्रबन्धक तेजमनी पन्थले दिएको जानकारी अनुसार समुदाय सशक्तीकरण तथा विकासका लागि स्थानीय पहलÚ परियोजनाको आम्दानी ४५ लाख ३६ हजार ९६८ रुपैयाँ रहेको छ भने खर्च ४६ लाख ९६ हजार ६८२ रुपैयाँ भएको देखिन्छ । परियोजनाका लागि आगामी आर्थिक वर्षमा १३ लाख ५३ हजार ५०६ रुपैयाँ प्रस्ताव गरिएको छ ।
त्यस्तै रूपान्तरणका लागि हाम्रो साहसÚ परियोजनाको आम्दानी ११ लाख ५२ हजार २२ रुपैयाँ र खर्च ११ लाख ५३ हजार २४९ रुपैयाँ रहेको छ । उक्त परियोजनाका लागि आगामी वर्ष १३ लाख ९१ हजार ९६० रुपैयाँ प्रस्ताव गरिएको छ । भिटा परियोजनाको आम्दानी ९५ लाख ६१ हजार ४४९ रुपैयाँ र खर्च ९७ लाख ९४ हजार ४५९ रुपैयाँ रहेको विवरणमा उल्लेख छ। यस परियोजनाका लागि आगामी वर्षको बजेट प्रस्ताव गरिएको छैन ।
यसैगरी जीवनका लागि पोषण परियोजनाको आम्दानी ११ लाख ५८ हजार ५९१ रुपैयाँ र खर्च ११ लाख ११ हजार ७९४ रुपैयाँ रहेको छ । परियोजनाका लागि आगामी आर्थिक वर्षमा करिब २४ लाख ७७ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । जलाधार व्यवस्थापनमा दिगो पारिस्थितिक प्रणाली संरक्षण र आदिवासी जलवायु अनुकूलन परियोजनाको आम्दानी ९ लाख ९४ हजार ६२१ रुपैयाँ र खर्च १७ लाख ४७ हजार १६४ रुपैयाँ रहेको छ। आगामी वर्षका लागि १२ लाख ३५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
त्यस्तै …नवीकरणीय ऊर्जामा थारू महिलाहरूको पहुँच परियोजनाको आम्दानी ५२ लाख ३७ हजार ५०१ रुपैयाँ र खर्च ६१ लाख ५७ हजार रुपैयाँभन्दा बढी रहेको विवरणमा देखिन्छ । सार्वजनिक गरिएको विवरणले परियोजनामार्फत समुदाय सशक्तीकरण, पोषण, वातावरण संरक्षण, जलवायु अनुकूलन तथा महिला सशक्तीकरणका क्षेत्रमा भइरहेका गतिविधि र आगामी योजनाका लागि प्रस्तावित बजेटको अवस्था देखाएको छ ।
१९ °C काठमाडौं
Facebook Comments