• ३० असोज २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
राजापुरमा चौकिदार तथा गुरुवाहरूलाई वडाको सम्मान  

केशव कोईराला, ३० असोज, राजापुर -बर्दिया) । राजापुर नगरपालिका ६ नम्बर वडा कार्यालयको आयोजनामा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदानसँगै चौकिदार तथा गुरुवाहरूलाई सम्मान गरिएको  छ । वडाको सामाजिक तथा सामुदायिक क्षेत्रमा योगदान पु¥याउँदै आएका चौकिदार तथा गुरुवाहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रममा २४ जनालाई जनही एक थान किप्याड मोबाइल सेट र सिम कार्ड  वितरण गरिएको छ । सहभागी वक्ताहरूले नेपाली समाजका मौलिक चाडपर्वहरूलाई आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम राख्दै मर्यादित रूपमा मनाउनुपर्नेमा जोड दिएका छन् । साथै, पछिल्लो समय युवा, विद्यार्थी तथा नयाँ पुस्तामा नकारात्मक प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै बालबालिका तथा युवालाई सही मार्गमा अघि बढाउन घरपरिवार, समुदाय र वडावासी सबै सचेत र जिम्मेवार हुनुपर्नेमा ध्यानाकर्षण गराए । 

वक्ताहरूले सामाजिक संस्कार, संस्कृति र परम्पराको संरक्षणगर्दै नयाँ पुस्तालाई असल आचरण, अनुशासन र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् । वडा सदस्य बलबिर राना, शिक्षक यादव शर्मा, बुद्धि प्रकाश जिशीले आआफ्नो धारणा राख्नुभएको वडा सचिव बन्ध्या थारुले जानकारी दिनुभयो । वडा अध्यक्ष अशराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, बरघर तथा स्थानीय बासिन्दाहरूको सहभागिता थियो ।

सम्बन्धित समाचार

Facebook Comments