• १७ असार २०८३, बुधवार
  • २१ °C काठमाडौं
मधुवन पूर्णखोप सुनश्चितता तथा दिगोपना पालिका घोषणा 

हरी गुरुङ, १६ असार, मधुवन (बर्दिया) । वर्दियाको मधुवन नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएको छ । मधुवन नगरपालिकाले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि घोषणा गरिएको हो ।  

स्थानीय स्रोत, उपयोग, स्वामित्व र सहभागिताÙ पूर्ण खोप सुनिश्चितता नगरपालिका हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेका अनुसार पालिकाले पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि दिगोपनालाई समेत निरन्तरता दिने उद्देश्यले घोषणा सभा आयोजना गरिएको हो । उहाँले आगामी दिनमा पनि प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्ने सुनिश्चितताका लागि नगरपालिका निरन्तर सक्रिय रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

मधुवन नगरपालिका खोप समन्वय समिति, बर्दियाको आयोजनामा सम्पन्न कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय इकाई बर्दियाका प्रमुख सूर्यबहादुर बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । घोषणा सभामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीको सहभागिता रहेको थियो । 

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय स्रोतको अधिकतम उपयोग, समुदायको स्वामित्व तथा सक्रिय सहभागितालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्ण खोप सुनिश्चितता कायम गर्न योगदान पु¥याउने स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पूर्ण खोप अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाइएको छ ।

सम्बन्धित समाचार

Facebook Comments