मिशन ८४ कालागि बर्दियाका महिला राजनीतिककर्मी एकै ठाउँमा
चुरेकुञ्ज, २४ साउन, बर्दिया । आगामी निर्वाचनमा महिलाहरुको समावेशी उम्मेदवारीका लागि मिशन ८४ अभियान अन्र्तगत सबै दलका महिला नेतृहरु एक भएर अगाडी बढ्न प्रतिवद्ध भएका छन् । बर्दियाको गुलरियामा लुम्विनी प्रदेसकी सांसद मालती सोडारीले आयोजना गरेको बृहत भेटघाटमा सहभागीहरुले सो प्रतिवद्धता ब्यक्त गरेका छन् ।
सबै दलका महिला नेतृहरुले कार्यकारी पदहरुमा महिलाहरुले अवसर पाउनु पर्ने कुरामा सबै महिला राजनीतिककर्मीहरुको माग छ । बृहत कार्यक्रममा बर्दियाका ८ वटै पालिकाका उपप्रमुख, निवर्तमान उपप्रमुखहरु जिल्ला, पूर्व संघीय महिला साँसदहरु लगायत जिल्ला तथा स्थानिय महिला नेतृहरु सहभागी भएका थिए । उपप्रमुख तथा उपाध्यक्षहरुले पालिकाहरुमा भएर पनि पूर्ण अधिकार प्राप्त पद नभएका कारण महिलाहरुको लागि यथोचित कार्यक्रमहरु गर्न नसकेको गुनासो राखेका छन् ।
लुम्विनी प्रदेस सांसद मालती सोडारीले महिलाहर राजनितिमा अगाडी बढ्न आफूहरु लाञ्छना रहीत भएर लाग्नुपर्ने सुझाव दिनु भएको छ । महिलाहरुलाई राजनीतिमा उत्रन कठिनाई भएको स्मरण गर्दै नयाँ पुस्ताको राजनितिमा धेरै कुरा सोचेर अगाडी बढ्नु पर्नेमा उहाँको जोड छ । कार्यक्रममा सहभागी महिलाहरुले आगामी स्थानिय निर्वाचनमा महिलाहरुलाई वडामा सदस्य मात्र नभई वडाध्यक्षको टिकट दिन दलहरुलाई सचेत बनाएका छन् ।
२१ °C काठमाडौं
Facebook Comments