• ११ असार २०८३, बिहिवार
  • २२ °C काठमाडौं
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित 

केशव कोईराला, ११ असार, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर ६ ले माध्यमिक शिक्षा परीक्षा  (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । वडा कार्यालयद्वारा आयोजित सम्मान कार्यक्रममा एसइईमा उत्कृष्ट अंक प्राप्त गरी विद्यालय तथा समुदायको गौरव बढाउने विद्यार्थीहरुलाइ साइकल र झोला प्रदान गरिएको थियो । 

कार्यक्रममा वडा अध्यक्ष असराज न्यौपानेको सभापतित्व रहेको थियो । कार्यक्रममा वडा सदस्य बलबिर रानाले स्वागत मन्तव्य व्यक्त गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिनुभयो । उहाले विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको योगदानका कारण उल्लेखनीय सफलता हासिल भएको बताउनुभयो ।

वडा अध्यक्ष न्यौपानेले सम्मानित विद्यार्थीहरूलाई आगामी अध्ययन यात्रामा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्दै शिक्षा क्षेत्रको विकासका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले मेहनत, अनुशासन र निरन्तर प्रयासबाट मात्रै सफलता प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक,  समाजसेवी तथा सर्वसाधारणको  सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments