• ३ वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
लोकतान्त्रिक अधिकार स्थापना गर्न कांग्रेसको ऐतिहासिक भूमिका छ : किशोरसिंह राठोर 

केशव कोईराला, ११ फागुन, राजापुर (बर्दिया) । नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोर सिंह राठोरले आसन्न निर्वाचनमा पार्टीलाई विजयी गराउन मतदाताहरूसँग अपिल गर्नुभएको छ । नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. २ ले राजापुर –४ स्थित लठवा सामुदायिक वनमा आयोजना गरेको वडा स्तरीय भेलालाई सम्बोधन गर्दै राठौरले देशमा शान्ति, अमन–चयन र लोकतान्त्रिक अधिकार स्थापना गर्न कांग्रेसले खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्न आग्रह गर्नुभयो ।

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेसले सधैं अग्रणी भूमिका खेलेको उल्लेख गर्दै अब विकास, स्थायित्व र समृद्धिका लागि पनि कांग्रेसको विकल्प नभएको दाबी गर्नुभयो । गेरुवा–राजापुर क्षेत्रको विकासमा आफूले योगदान दिएको स्मरण गराउँदै राठौरले भन्नुभयो, “नेपाली कांग्रेसको विजय भनेको किशोर सिंह राठोरको व्यक्तिगत विजय मात्र होइन, समग्र बर्दियाको विजय हो ।” 

उहाँले अधिकार, विकास र शान्ति स्थापनाका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मतदातालाई निर्धक्क भएर रुख चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीना लगायत अन्य नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । नेपाली कांग्रेस राजापुर–४ का सभापति प्रेम थापाको अध्यक्षतामा भेलाको आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments