• १७ असार २०८३, बुधवार
  • २१ °C काठमाडौं
बढैयातालमा बालविवाह न्यूनीकरण गर्न सामूहिक प्रतिबद्धता

चुरेकुञ्ज, १६ असार, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ९ मा बालविवाह न्यूनीकरण गर्न सरोकारवालाले सामूहिक प्रतिबद्धता जनाएका छन । आवना क्लब काठमाडौँले आयोजना गरेको बाल अधिकार र बालविवाह न्यूनीकरण विषयक गोष्ठीमा वडा नम्बर ९ का सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

बढैयाताल गाउँपालिका वडा नम्बर ९ को समन्वयमा भएको कार्यक्रममा दलबहादुर सुनारले बालबालिकाको बाच्न  पाउने  अधिकार, संरक्षणको अधिकार, विकासका अधिकार, सहभागिताको अधिकार,  बालविवाह हुने कारण र यसले पार्ने असर,  बालविवाह  न्यूनीकरण गर्न स्थानीय सरकार, बरघर, बाल क्लब, किशोर किशोरी क्लब, शिक्षक, स्थानीय नागरिकको भुमिका लगायतका बिषयमा  सहजीकरण  गर्नु भएको  थियोे । 

सोमबार शक्ति आधारभूत विद्यालय शक्तिनगरमा भएको कार्यक्रममा वडा नम्बर वडा नम्बर ९ का वडा सदस्य विष्णुबहादुर थारु, कमैया आधारभूत विद्यालयका प्रधानाध्यापक रितराज सुवेदी,  विकास नगरका वरघर बुद्धिबहादुर थारु, जनता नगरका बरघर चन्द्रबहादुर थारु लगायतले कार्यक्रमको प्रशंसा गर्दै   बालविवाह मुक्त वडा बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

आवाना क्लब बर्दियाका संयोजक रामबहादुर थारुले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, बाल क्लब, किशोर किशोरी क्लब, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, धार्मिक गुरुहरू लगायत ४५ जनाको सहभागिता रहेको संयोजक रामबहादुर थारुले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments