• १० वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
विद्यार्थीले बनाए मिसाइलदेखि अण्डाबाट चल्ला निकाल्ने मेसिन 

मुरली गोडिया, ५ असार, गुलरिया (बर्दिया) । गुलरियामा माध्यमिक तहमा अध्यनरत विद्यार्थीले किताबी ज्ञान मात्र नभई विज्ञानले भरिएको सामाग्रीहरु निर्माण गरी प्रर्दशन गरेका छन । गुलरिया नगरपालिका अन्र्तगत विद्यालयका विद्यार्थीहरुद्वारा निर्माण गरिएका स्टिम शिक्षा सामग्री प्रर्दशनी गरिएको हो । 

सोमबार बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय परिसरमा भएको प्रर्दशनीमा गुलरिया नगरपालिका भित्र रहेको १० वटा मावि तहका विद्यालयका विद्यार्थीहरुले तयार गरेका आफ्ना शैक्षिक सामग्रीहरू प्रदर्शन गरेका थिए । भौतिक विज्ञान अन्तर्गत रहि विद्यार्थीहरुले विभिन्न समाग्रीहरु तयार गरेका छन । समाग्रीहरुमा मेट्रो रेल, कुलर पंखा, मिसाइल, राम मन्दिर, अण्डा बाट चल्ला बनाउने ह्याचरिङ्ग मेसिन, जेसिबी, ग्यासको समिश्रणबाट विजुली उत्पादन गर्ने यन्त्र लगायत थुप्रै सामाग्रीहरु प्रदर्शनमा राखिएका थिए । 

शिक्षा युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको मुख्य आयोजनामा भएको नगरस्तरीय विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामग्री प्रदर्शनी कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीहरूले आफूले बनाएका सामग्रीहरू प्रदर्शन गरेका हुन् । विद्यालयका बालवालिकाहरुले आफूभित्रका कला तथा क्षमतालाई प्रतिस्पर्धात्मक रुपमा बाहिर ल्याउन सकुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बाँके युनेस्को क्लब बर्दियाका संयोजक गोविन्द लामिछानेले बताउनु भयो । प्लान नेपाल इन्टरनेशनल नेपाल तथा बाँके यूनेस्को क्लबको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । 

गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले आगामी दिनमा यस्ता कार्यक्रमहरू अझै आयोजना गरिनुपर्ने कुरामा जोड दिनुभयो उहाँले विद्यार्थीहरूले बनाएका सामग्रीहरू अति नै राम्रा तथा उत्कृष्ट भएकोभन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा विद्यालयहरूले विज्ञान र प्रविधिको ज्ञान र सीप भएका विद्यार्थीहरूलाई नियमित कार्यशाला र प्रशिक्षण कक्षा सञ्चालन गर्नुपर्नेमा अभिभावकहरूले सुझाव समेत दिएका छन । गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले विद्यालयलले विद्यार्थीहरूका लागि यस्ता किसिमका सामग्री बनाउन वातावरण बनाइदिएकोमा धन्यवाद दिँदै आफ्नो सिकाई आफैमा सिमित नराखी आफ्नो प्रतिभालाई बाहिर निकाल्न विद्यार्थीहरुलाई सुझाव समेत दिनुभयो ।

प्रर्दशनमा दश वटा विद्यालयका विद्यार्थीले निर्माण गरेका सामाग्रीको मुल्यांकनसमेत गरिएको छ । मुल्यांकनमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेलाई विद्यालयलाई पुरस्कृत गरिएको छ । प्रथम हुने बंगलामुखीले नगद रु १६ हजार प्राप्त गरेको छ । द्वितिय श्री नेपाल राष्ट्रिय शम्भुशरण माविले रु १२ हजार, तृतिय श्री गौरी शंकर माविले रु ८ हजार र श्री महाकवि देवकोटा मावि सन्त्वना पुरस्कार रु ५ हजार ३ सय ३३ प्राप्त गरेको छ । त्यसैगरि अन्य सहभागी विद्यालयलाई रु १५÷१५ सय रुपैया उपलब्ध गरार्ईएको छ । साथै दशै वटा विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments