• ३० वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
मधुवनको महिला जागृति सामुदायिक वनमा झुण्डीएको अवस्थामा पुरुषको शव 

मोहन वली, १३ भदौ, बर्दिया । बर्दियाको मधुवन नगरपालिका स्थित हुलाकी राजमार्गसँग जोडिएको महिला जागृति सामुदायिक वनमा एकजना पुरुषको शव फेला परेको छ । सडक किनारमा रहेको सिंचाई नहर नजिकै अवस्थित वरको रुखमा झुण्डीएको अवस्थामा शव भेटिएको छ ।

बाजुराको गौमुल गाउँपालिका वडा नम्बर २ निवासी हाल मधुवन नगरपालिका वडा नम्बर ६ मा वसोवासगर्दै आएका अन्दाजी ३४ बर्षिय सागर रोकायको शव झुण्डीएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । २ महिना अघि दुवईबाट उनी घर आएका थिए । विहिबार राती उनी रुखमा झुण्डीएको बताईएको छ ।

मृतका काका पर्ने नातेदार कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बरर १० निवासी महेन्द्र बहादुर धामीको रोहवरमा शव बुझि पोष्टमार्टमको लागि गुलरिया अस्पताल बर्दिया पुर्याईएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments