• ३ वैशाख २०८३, बिहिवार
  • १६ °C काठमाडौं
मैले जितेपनि, हारेपनि जब्दीघाटको पुल बन्छ : पूर्वमन्त्री संजय गौतम

चुरेकुञ्ज, ११ फागुन, गुलरिया (बर्दिया) । पूर्व मन्त्री एवम् नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार संजय कुमार गौतमले आफूले निर्वाचन जितेपनि नजितेपनि बबई नदी स्थित जब्दीघाट पुल बन्ने ठोकुवा गरेका छन् । मतदाता भेटघाटका क्रममले जब्दी पुल निर्माणका लागि लामो समयदेखि पहल गर्दै आएको दाबी गर्दै गौतमले पुल निर्माण गराउनकै लागि मृत्युशैयामा लडेर अनसन बसेको स्मरण गराए । 

सरकारसँग भएको सहमतिपछि बजेट सुनिश्चित भई रातो किताबमा समेत समावेश भएको उनको भनाइ छ । उनका अनुसार प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेपछि कर्मचारीहरूले निर्णय प्रक्रियामा हिचकिचाहट देखाएको उनको भनाई छ । उनले पुलको प्रक्रिया टुंगिसकेको र बजेट सुनिश्चित भइसकेको उल्लेख गरे । साथै, कसैले पनि अनावश्यक हल्ला नफैलाउन उनले  आग्रह समेत  गरेका छन् ।

त्यसपछि पुलको स्थान र नाम परिवर्तन गरी नयाँ प्रक्रिया अघि बढाइएको थियो । गौतमले करिब एक अर्ब १४ करोड रुपैयाँ बराबरको बजेट सुनिश्चित भइसकेको दाबी गर्दै सार्वजनिक खरिद सम्बन्धी प्राविधिक प्रक्रिया, पीपीएमओका कारण भएको ढिलाइ, संसद विघटन तथा निर्वाचन घोषणाका कारण ठेक्का प्रक्रिया प्रभावित भएको बताए । 

जिल्लाको समग्र विकास आफ्नो चाहाना रहेको बताउँदै व्यापार नाका स्थापना, पूर्वधार विकास लगायत बन्यजन्तुको आक्रमण रोक्ने कार्य आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे । गौतमले नेपाल सरकार र भारत सरकारबीच सम्बन्धित  व्यापार नाका निर्माणका विषयमा सम्झौता भइसकेको उल्लेख गर्दै विभिन्न प्रशासनिक र प्राविधिक कारणले कामले गति लिन नसकेको बताए । उनका अनुसार क्षेत्रको दीर्घकालीन विकासका लागि स्थायी व्यापार नाका अत्यावश्यक रहेको छ । “जबसम्म यहाँ एउटा स्थिर नाका हुँदैन, तबसम्म यस क्षेत्रका धेरै समस्या समाधान हुन सक्दैनन् । ” 

सम्बन्धित समाचार

Facebook Comments