राजापुरका नयाँ डीएसपीलाई नगरपालिकाको स्वागत
केशव कोईराला, ८ जेठ, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा सरुवा भई आउनुभएका डिएसपी होम प्रसाद चौधरीलाई राजापुर नगरपालिकाले स्वागत गरेको छ । आयोजित स्वागत कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वरिष्ठ लेखा अधिकृत वसन्त मल्ल, विभिन्न वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा सरोकारवाला निकायका व्यक्तिहरूले नयाँ डिएसपीलाई स्वाग गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नगर अध्यक्ष चिन्तामणि आचार्यले जनताको शान्ति सुरक्षाको हकमा प्रहरी प्रशासनले निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीले राजापुर क्षेत्रमा बढ्दो लागुपदार्थ दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भारतबाट १ सय भन्दा माथिको सामान ल्याउदा अनिबार्य भन्सार शुल्क तिर्नुपर्ने नियम कडाइकासाथ लागुगर्न आग्रह गर्दै अध्यक्ष रेग्मिले रातिको समयमा लुकिछिपी भन्सार छलिका सामान आउने भन्दै सोबारे ध्यानाकर्षण गराउनुभयो ।
स्वागत मन्तव्य राख्दै नगरप्रमुख दिपेश थारुले राजापुर क्षेत्रको वर्तमान वस्तुस्थिति, शान्ति सुरक्षा, सामाजिक अवस्था तथा स्थानीय चुनौतीहरूको बारेमा जानकारी सहित डिएसपीसँग नगरपालिकाले समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
डिएसपी चौधरीले आफू कानूनको कार्यान्वयन, नागरिक सुरक्षा तथा अपराध नियन्त्रणमा निष्पक्ष र जिम्मेवार ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
२३ °C काठमाडौं
Facebook Comments