बर्दियाको मधुवनमा कामका लागि नगद कार्यक्रम सुरु
मुरली गोडिया, १२ जेठ, गुलरिया (बर्दिया) । जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यले बर्दियाको मधुवन नगरपालिका वडा नं. २ मा कामका लागि नगद कार्यक्रमÆ सञ्चालन गरिएको छ । विपद् तयारी तथा जीविकाका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सबलीकरण परियोजना प्रयास २Æ अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रममा ५० जना सहभागी श्रमिकहरूलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको परियोजना संयोजक खेम भन्डारिले जानकारी दिनु भयो । कार्यक्रम मार्फत वडा तहमा रहेका गरिब, बिपन्न, मजदुर महिला लगायतलाई समेटिएको छ । पाँच दिने यो कार्यक्रम अन्तर्गत प्रति व्यक्ति १ दिनको ७१५ रुपैयाँका दरले कामको व्यवस्था गरिएको जनाइएको छ ।
श्रमिकहरूको सुरक्षाका लागि सेफ्टी हेल्मेट, पञ्जा -ग्लोभ्स), हाफ ज्याकेट तथा सेफ्टी बुट उपलब्ध गराइएको छ । सामग्री खरिद तथा वितरणमा मूल्य अभिवृद्धि कर सहित कुल १ हजार २ सय ९२ रुपैयाँ खर्च भएको छ । प्लान इन्टनेशनल नेपालको सहयोग र भेरी वातावरणीय बिशिस्टता समूह बि ग्रुपको साझेदारी तथा मधुवन नपा वडा नम्बर २ को समन्वय सञ्चालन गरिएको छ ।
कार्यक्रमले विपद् पूर्वतयारी, सरसफाइ तथा सार्वजनिक संरचना संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको परियोजना अफिसर जयलाल बिकले जानकारी गराउनु भयो । कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
१८ °C काठमाडौं
Facebook Comments