• ९ वैशाख २०८३, बुधवार
  • २८ °C काठमाडौं
गोहीको आक्रमणमा परी बर्दियामा १ जना युवक बेपत्ता

हरी गुरुङ, २१ साउन, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ स्थित मध्यवर्ती क्षेत्रमा अवस्थित कर्णाली नदीको भंगालो खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा एक जना युवा वेपत्ता भएका छन् । मंगलवार दिउँसो ५ बज खोलामा पौडी खेल्ने क्रममा मधुवन नगरपालिका वडा नम्बर १ सूर्य पटुवाको लालझाडी बस्ने १९ बर्षिय रूप मिलन थारु बेपत्ता भएका हुन् ।

खोलामा उनीसहित पौडी खेल्न ३ जना गएका थिए । पौडी खेलिरहेको अवस्थामा अचानक गोहीले आक्रमण गरेको प्रत्यक्षदर्शी गणेश प्रसाद आचार्य र तिदुराम थारुले बताए । भर्खर आएको नतिजा अनुसार उनी १२ कक्षामा श्री त्रिभुवन माध्यमिक विद्यालय मधुवन नगरपालिकाका वडा न १ बाट उर्तिण गरेका थिए । 

थारुको खोजी गर्न नेपाल प्रहरी, नेपाली सेना जबर जंग गण, स्थानीय र बर्दिया राष्ट्रिय निकुञ्जका दुई वटा हात्ती समेत प्रयोग गरि राती १० बजेसम्म खोजी कार्य गरिएता पनि वेपत्ता युवा फेला परेका छैनन । बुधवार बिहानैबाट उनको खोजी कार्य भैरहेको मधुवन नगरपालिका वडा नं १ सूर्य पाटुवाका अध्यक्ष मीन बहादुर थापाले जानकारी दिएका छन् । 

सम्बन्धित समाचार

Facebook Comments