अन्तराष्ट्रिय मानब बेचबिखन बिरुद्धको दिवस पारेर सचेतना
मुरली गोडिया, १७ साउन, गुलरिया (बर्दिया) । गुलरियामा ११ औं अन्तराष्ट्रिय मानब बेचबिखन बिरुद्धको दिवसको अवसर पारेर विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । माइती नेपाल बर्दियाको आयोजना फ्रिअगर्लको सहयोगमा गुलरिया स्थीत श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र छात्राहरुलाई मानब बेचबिखन बिरुद्ध विद्यालय स्तरीय अभिमुखीकरण गराइएको हो ।
शिक्षक, छात्र, छात्रा गरि ७० जनाको उपस्थितीमा भएको अभिमुखिकरणमा माइती नेपाल बर्दियाले सिमावर्ति क्षेत्रमा गर्दे आएको कार्यक्रमहरु र मानब बेचबिखनको बर्तमान अबस्था, यसमा देखिएको सामाजिक एवं नितिगत चुनौती, आइपरेका समस्याहरुको समाधानका उपायहरुको बारेमा जानकारी गराइएको माइती नेपाल बर्दियाकी प्रमुख गयत्री रिमालले जानकारी दिनुभयो । अभिमुखिकरणका क्रममा मानव बेचबिखन हुनुका कारणहरु, दलालले अपनाउने तौर तरिका, जोखिमपुर्ण संभावित स्थानहरु, मानव बेचविखनका प्रयोजन, जोखिम न्युनिकरण गर्ने उपाय सहित कानुनी ब्यवस्थाका बारेमा समेत सचेत गराइएको थियो ।
अग्रेजी महिना ३० जुलाईका दिन बिश्वभरि अन्तराष्ट्रिय स्तरमा यो दिवस मनाइदै आएको छ । माइती नेपालले विगत देखी मानब बेचबिखन विरुद्ध विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सिमापार मात्र नभएर नेपाल भित्रै पनि जबरजस्ती श्रम र यौन शोषण जस्ता थुप्रै अपराधिक क्रियाकलाप भइरहेको महसुस गर्दै विशेषगरि बालिका र महिलाहरु सबै भन्दा बढी बेचबिखन भएकाले त्यस तर्फ विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दै आएको छ । अभिमुखिकरणमा सहभागी छात्रा सारिका केसीले माइती नेपालको प्रशसा गर्दे यस्ता खालका बिद्यालय स्तरिय सचेतनाका कार्यक्रमहरु नियमित रुपमा गर्दै समुदाय स्तर सम्म लैजानु पर्ने बताउनु भयो ।
छात्र संदिप साउदले आफुले अभिमुखिकरण मार्फत सिकेको, बुझेको कुराहरु घर परिवार, छरछिमेकमा समेत सचेतना दिने बताउनु भयो । दिवसको अबसरमा नेपाल भारतको सिमानाका गुलरियाको सुरजपुर लगायत नजिकको गाँउमा सचेतना मुलक पर्चा पम्प्लेट बितरण गरि मानब बेचबिखन सम्बन्धी महिला बालबालिका किशोर किशोरीहरु र अभिभाबक समेतलाई जानकारी गराउदै घरदैले कार्यक्रम समेत गरिएको थियो ।
२७ °C काठमाडौं
Facebook Comments