• ९ वैशाख २०८३, बुधवार
  • २७ °C काठमाडौं
बर्दियामा लागुऔषधसहित भारतीय महिला पक्राउ

दलबहादुर सुनार, १५ साउन, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गत नेपाल–भारत सीमा नाका नजिकैबाट प्रहरीले लागुऔषधसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ । कालिका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बसन्त बहादुर रोकायाको कमान्डमा खटिएको गस्ती टोलीले बुधवार बढैयाताल–७ कर्णालीपुर क्षेत्रबाट ४ ग्रामभन्दा बढी लागुऔषधसहित महिलालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बहराइच जिल्ला, मोतिपुर थाना अन्तर्गत बलैगाउँ बस्ने ५० वर्षीया जगदैया देवी थारु साइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनले लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाको साथबाट प्लास्टिकका पूरियामा प्याक गरिएको लागुऔषध शुद्ध तौल ४ ग्राम ९४० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार नेपाल–भारत सीमाक्षेत्रमा लागुऔषध ओसारपसार बढ्दै गएकाले सीमा क्षेत्रमा निगरानी र कडाइ गरिएको छ । यसरी ओसारपसारमा संलग्न व्यक्ति क्रमशः प्रहरीको फन्दामा परिरहेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments