भानु जयन्तीका अवसरमा स्रष्टा सम्मानसँगै पुस्तक विमोचन
गणेश वली, २९ असार, बर्दिया । मधुवन नगरपालिका वडा नम्बर ६ स्थित श्रीगुराँस माध्यमिक विद्यालयको प्राङ्गणमा २१२ औं भानु जयन्तीको अवसरमा कविता तथा गजल वाचन एवम् स्रष्टा सम्मान गरिएको छ । ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानद्वारा ठाकुरबाबा नगरपालिकामा प्रज्ञांशु अंक २ र बर्हि पुस्तकको विमोचन गरिएको छ ।
मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको विशेष पहलमा गरिएको कार्यक्रममा प्रमुख अतिथि भाटले आचार्यको नेपाली साहित्यको बिकासका बारेमा चर्चा गर्नुभयो । कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रति रुचि बढाउने उद्देश्य लिएको उहाँको भनाई थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, कविता तथा गजल वाचनमार्फत प्रतिभा प्रस्तुत गरेका थिए ।
गुराँस माध्यमिक विद्यालय एनसीसीका विद्यार्थीहरूले अनुशासित शैलीमा प्रस्तुति दिँदै देशभक्ति भाव झल्काएका थिए । त्यस्तै, श्री शुक्र माविका विद्यार्थीहरूले देशप्रेम र शिक्षामूलक गीत प्रस्तुत गर्दै कार्यक्रममा रंग थपेका थिए । कार्यक्रममा विभिन्न स्थानका साहित्यकार, कवि तथा स्रष्टाहरूले भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै आफ्ना सिर्जनात्मक काव्य वाचन गरे । साहित्य क्षेत्रमा योगदान र्पुयाउने स्रष्टाहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
भानु जयन्तीको अवसरमा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानद्वारा नगरपालिकामा प्रज्ञांशु अंक २ र बर्हि पुस्तकको विमोचन गरिएको छ । लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख विना भट्टराई लगायतको सहभागितामा पुस्तक विमोचन गरिएको मन्त्रीका पिए यमराज कोईरालाले जानकारी दिनुभएको छ ।
२६ °C काठमाडौं
Facebook Comments