राजापुर स्थित अमर सहिद क्याम्पसमा सांसद चौधरीद्वारा निःशुल्क कमाण्डो कक्षा संचालन
केशव कोइराला, २३ असार, बर्दिया । यहि असार ३० गतेदेखी शुरु हुन लागेको स्नातक तह प्रथम बर्षको परिक्षालाई मध्य नजर गरेर अमर शहिद बहुमुखी क्याम्पस राजापुर बर्दियामा कमाण्डो कक्षा सुरु गरिएको छ । लुम्वीनि प्रदेशका माननीय सांसद धर्म बहादुर चौधरीले निःशुल्क कमाण्डो कक्षा संचालन गर्नुभएको हो ।
एक हप्ताको कमान्डो कक्षामा बिबिएस र बिए प्रथम बर्षका विद्यार्थीहरुलाइ अंग्रेजी बिषयको महत्वपूर्ण इकाईकोे सुस्म रुपमा अध्यापन गराइने सांसद चौधरीले बताउनु भयो । कक्षामा सहभागी बिबिएसकि बिद्यार्थी काजल कुर्मीले यो कक्षाबाट आसन्न परिक्षामा निकै मद्दत पुग्ने भन्दै आफु उत्साहीत भएको बताउनु भयो ।
कमान्डो कक्षाबाट विद्यार्थीहरूमा बिषयगत सिकाई अनुशासन, आत्मविश्वास बढ्ने समेत अपेक्षा गरिएको छ । पूर्वमंत्री समेत रहनुभएका सांसद चौधरीले यस अघि एस्इई तयारी लगायतका कक्षा संचालन गर्दै आउनु भएको छ । सांसद चौधरीले राजनीतिमा लाग्नु पूर्व बिभिन्न शिक्षण सँस्थामा अंग्रेजी बिषयको अध्यापनगर्दै आउनु भएको थियो ।
२६ °C काठमाडौं
Facebook Comments