बर्दिया उद्योग वाणिज्य संघ राजापुरका नवनिर्वाचित पदाधिकारीहरूद्वारा सपथ ग्रहण
केशव कोईराला, १६ असार, (राजापुर) बर्दिया । बर्दिया उद्योग वाणिज्य संघ राजापुरको नव निर्वाचित कार्य समितिका पदाधिकारी एवम् सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सहायक निर्वाचन अधिकृत नारायण प्रसाद रिमालले सम्पूर्ण कार्यसमितिलाई सपथ गराउनु भयो ।
शपथ ग्रहण गर्नेहरूमा अध्यक्ष कृष्ण कुमार रेग्मी, वरिष्ठ उपाध्यक्ष सुश्मा भण्डारी, प्रथम उपाध्यक्ष बद्री खनाल, द्वितीय उपाध्यक्ष राम प्रसाद श्रेष्ठ, महासचिव पुनित कुमार गुप्ता, सचिव हरिकृष्ण चौलागाईं, कोषाध्यक्ष उमाकुमारी वाग्ले हुुनुहुन्छ । त्यस्तै सदस्यहरू यज्ञ बहादुर थापा, तिलक पौडेल, अमर थापा, प्रभात भूप शाह, मोहन चौलागाईं, हिमाल गौतम, आकाश सोनी, अभिषेक मित्तल, जानकी चौधरी, शक्तुराम चौधरी र कमला न्यौपाने तथा पदेन सदस्य केदार थापा रहनु भएको छ ।
कार्यक्रममा नेकपा (समाजवादी) राजापुर नगर अध्यक्ष विकास जिसि, नेकपा एमाले लुम्बिनी प्रदेश युबा तथा खेलकुद विभाग समिति सदस्य राम बहादुर थारु, नेपाली कांग्रेस राजापुर नगर सभापति महेश चौधरी, बर्दिया उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिलाल थारु, र राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा लगायतले बोल्दै नव निर्वाचित टीमलाई व्यापारीको हकहितमा प्रभावकारी रूपमा काम गर्न सुझाव दिनुभयो ।
अध्यक्ष कृष्ण कुमार रेग्मीले व्यापार, व्यवसायको विकास र व्यापारीको हकहितमा संघले जिम्मेवार भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ईलाका प्रशासन प्रमुख प्रेम चौधरी, ईलाका प्रहरी प्रमुख कबिन्द्र सिंह बोहरा, सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट राजापुरका प्रमुख चन्द्र थापा स्थानीय व्यापारी, समाजसेवी तथा संघका सदस्यहरूको सहभागीता थियो ।
२४ °C काठमाडौं
Facebook Comments