• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
पतञ्जली योग समितिद्वारा मधुवनमा मनाईयो धान दिवस

समिक्षा अधिकारी, १५ असार, बर्दिया । पतञ्जली योग समिती मधुवन बर्दियाले  २२ औं राष्ट्रिय धान दिवस ०८२ एक कार्यक्रमका विच मनाएको छ । धान बालिमा सघनता खाद्य सुरक्षा र आत्म निर्भरता भन्ने मुल नारासहित मधुवन नगरपालिका वडा नम्वर ८ स्थित किसानको खेतमा धान रोपेर दिवस मनाएको हो । 

मधुवन स्थित किसानको धान खेतमा पुगेर किसान संगै धान रोपाई गरी दिवस मनाईएको पतञ्जली योग समिती मधुवन बर्दियाकी संयोजक राधिका देवी बोहराले बताउनु भयो । कार्यक्रममा पतञ्जली योग समिति लुम्बिनी प्रदेश सदस्य मदन कुमारी श्रेष्ठ, बर्दिया जिल्ला संगठन मन्त्री दधिराम पौडेल लगायत स्थानियको सहभागिता थियो । त्यस्तै बर्दियाको सदरमुकाम गुलरिया स्थित बालापुरमा धान दिवस मनाईएको छ । 

कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियाको आयोजना तथा सुनौलो महिला कृषि सहकारी संस्थाको सहकार्यमा खेतमा धान रोपेर दिवस मनाईएको छ । प्रमुख जिल्ला अधिकारीको आतिथ्यतामा मनाईएको दिवसमा विभिन्न संघ, संस्था, पत्रकार लगायत स्थानिय किसानहरु सहभागी रहेको कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । बाँसगढी लगायत बर्दियाका थुप्रै पालिकामा धान दिवस मनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments