• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
बाढीको जोखिम न्यूनीकरणका गर्न लाइफ ज्याकेट

संजय आचार्य, १४ असार, बर्दिया । राजापुर नगरपालिकाका विभिन्न बाढी प्रभावित वडाहरूमा बिहीबार थारू महिला उत्थान केन्द्रको पहलमा ४० थान लाइफ ज्याकेट वितरण गरिएको छ । बाढीको जोखिमबाट जोगाउन र उद्धार कार्यलाई सहज बनाउने उद्देश्यले राजापुर नगरपालिका स्थानिय आपतकालिन कार्य साचालन केन्द्रमा वितरण गरिएको हो ।

थारू महिला उत्थान केन्द्र, गुलरिया बर्दियाले समुदाय सशक्तिकरण तथा विकासका लागि स्थानीय पहल परियोजना अन्तर्गत स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत प्रत्येक वडाका ५ वटा विपद् व्यवस्थापन समितिहरूलाई ८÷८ थान लाइफ ज्याकेट र २ वटा टिनका बाकस हस्तान्तरण गरिएको परियोजना संयोजक तेजमणी पन्थले बताए । सामग्रीले बाढीको समयमा सुरक्षित उद्धार र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्तगर्दै आगामी दिनमा थप सुरक्षा सामग्री वितरणको योजना बनाइएको जानकारी दिए ।

राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन फोकल व्यक्ति तथा वडा नम्बर २ र ४ का वडा अध्यक्षहरूको सहभागीता थियो । उपप्रमुख चौधरीले सहयोगप्रति आभार प्रकटगर्दै विपद् व्यवस्थापन समितिहरूलाई सामग्रीको सदुपयोग गर्न सुझाव दिइन् । अस्ट्रेलियन एडको आर्थिक सहयोग तथा लुथरन विश्व फेडेरेसनको सहकार्यमा थारू महिला उत्थान केन्द्रले २०२३ देखि राजापुरका विभिन्न वडामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमहरू सञ्चालनगर्दै आएको छ ।

सम्बन्धित समाचार

Facebook Comments