शारीरिक तथा यौनजन्य हिंसा बिरुद्ध किशोरीलाई सीपसँगै सशक्तिकरण
मुरली गोडिया, ३१ बैशाख, बर्दिया । गुलरिया नगरपालिका भित्रका ६० जना किशोरी बालिकालाई शारिरिक तथा यौनजन्य हिंसाबारे सचेत पारिएको छ । समाजमा निडर भई हिंसाको प्रतिकार गर्न र कानुनी आधार खोज्न उनिहरुलाई ३ दिने सिप र सशक्तिकरण गराइएको छ । विभिन्न समुदायका किशोरी बालिकाहरुलाई घरदेखी विद्यालय सम्म पुग्दा हिंडडु्ल गर्ने क्रममा उनिहरु विभिन्न तबरबाट हिंसा भोगीरहेको बताउने गरेका छन ।
पछिल्लो समय समाजिक संजालको प्रयोगबाट मानसिक हिंसा तथा यौनहिंसाको घटनामा पर्न सक्ने विषयमा समेत उनिहरु सचेत भएका छन । बालविवाह, किशोर अवस्था र किशोरीमाथि हुने शारीरिक तथा यौनजन्य दु्रव्र्यवहार सम्बन्धी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका भित्रका किशोरीहरुका लागी “शारीरिक र यौनजन्य हिंसाबाट जोगिने सीप तथा सशक्तिकरण तालिम” प्रदान गरिएको छ । समाजमा बिभिन्न कुलतबाट प्रभावित भएकाहरुको रक्षा तथा असल बानी निर्माणका लागी कार्यगर्दै आइरहेको सतमार्ग परामर्श एवं पुनस्र्थापना केन्द्रले लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्जको सहयोगमा गुलरियाका किशोरी बालिकाहरुलाई तालिम प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष मोहित पौडेलले जानकारी गराउनु भयो ।
लुम्बिनी प्रदेश सभासद् माननीय मालती सोडारीले नेपाली समाजमा अझैपनि सिप तथा कानुनी ज्ञानको कमिले किशोरीहरु हिंसा भोग्नु परेकोले उनिहरुलाई शसक्त बनाउन विभिन्न क्षेत्रका विज्ञहरु मार्फत ६० जना किशोरीहरूलाई तालिम प्रदान गरिएको बताउनु भयो । किशोरीहरुलाई शारिरिक, मानसिक र कानुनी रुपमा सशक्त बनाई उनिहरुलाई नेतृत्व तहमा पु¥याउन यस्ता कार्यक्रमहरू अझ प्रभावकारी र व्यापक बनाउनुपर्नेमा उहाँको धारणा छ । यौनजन्य हिंसाबाट बच्ने जानकारी र आत्मविश्वास अत्यन्त जरुरी रहेकोभन्दै प्रदेश सरकारले दिने सेवासुविधा आम नागरिकले थाहा पाउनु पर्ने समेत बताउनु भयो । महिला, किशोरी लक्षित सशक्तिकरणका लागी बजेट तथा कार्यक्रमहरुका लागी प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“शारीरिक र यौनजन्य हिंसाबाट जोगिने सीप तथा सशक्तिकरण तालिममा शान्ति पुनस्र्थापना केन्द्रकी प्रमुख एवं महिला अधिकारकर्मी सपना शर्मा, अधिवक्ता लक्ष्मी नेपाल, गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले किशोरीहरुलाई शारीरिक र मानसिक सशक्तिकरण, कानुनी अधिकार, आत्मरक्षा सीप र परामर्श सम्बन्धी प्रशिक्षण दिएका थिए । समय समयमा किशोरी लक्षित विभिन्न तालिम तथा कार्यक्रम मार्फत आत्मविश्वास बढाई हिंसाबाट जोगिन सक्ने व्यवहारिक सीप विकास गर्न सहयोग पुग्ने सहभागीहरूले प्रतिक्रिया दिएका छन ।
२२ °C काठमाडौं
Facebook Comments