धुमधामले मनाईयो लक्ष्मीनारायण भगवानको ३७ औं ब्रम्होत्सव
मुरली गोडिया, २६ बैशाख, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ मा अवस्थित श्री लक्ष्मीनारायण मन्दिर तोताद्रिमठमा लक्ष्मीनारायण भगवानको ब्रम्होत्सव भब्यताका साथ मनाईएको छ । लक्ष्मीनारायण भगवानको ३७ औँ ब्रम्होत्सवको अवसरमा विविध धार्मिक अनुष्ठान आयोजना गरी वैशाख २४ गतेदेखि २६ गते ३ दिन सम्म मनाईएको छ ।
ब्रम्होत्सवको अवसरमा बुधवार आराधना, ध्वजारोहण, अङ्कुरारोपण, आचार्य वरण, मृदाहरण, मण्डप प्रवेश हवन, उपनयन संस्कार (ब्रतबन्ध) गरिएको थियो । त्यस्तै बिहिवार श्रीलक्ष्मीनारायण भगवानको १०८ कलशद्वारा अभिषेक, तिरुमञ्जन, कथा प्रवचन र शुक्रवार एक लाख तुलसी अर्चना, आराधना भन्डाराको कार्यक्रम गरिएको मन्दिरका महन्त स्वामी नारायण प्रपन्नाचार्यले जानकारी दिनु भयो ।
स्थानीय बासिन्दा, भक्तजन तथा धार्मिक संघ–संस्थाहरूको सक्रिय सहभागितामा सम्पन्न धार्मिक अनुष्ठानमा वैदिक विधिपूर्वक पूजाआजा, भजन–कीर्तन तथा प्रवचन कार्यक्रमहरू समेत सञ्चालन गरिएको हो । समारोहमा सहभागीहरूले मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वबारे चर्चागर्दै यसको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह र समुदायको भूमिकाको महत्वपूर्ण रहेको बताएका छन । कार्यक्रममा विभिन्न स्थानबाट धर्मिक गुरुहरु लगायत भक्तजनहरुको सहभागीता रहेको बताईएको छ ।
लक्ष्मीनारायण मन्दिर तोताद्रिमठमा हाल ७ जना बृद्धबृद्धा आश्रित रहेको समितीले जनाएको छ । धर्मिक गुरुहरूको उपस्थितिमा भएको ब्रह्महोत्सवमा मन्दिरको स्थापना भएको दशकौं पूरा भएको स्मरण गर्दै यसको महत्व अझ व्यापक रूपमा फैलाउन मन्दिरमा नियमित धार्मिक गतिविधि, सरसफाइ तथा भवन निर्माण कार्यलाई प्राथमिकता दिइने मन्दिरका मठाधिस १००८ स्वामी नारायण प्रपनाचार्य महन्तले जानकारी गराउनु भयो ।
२२ °C काठमाडौं
Facebook Comments