• ९ वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
खाता समन्वय समिति बर्दियाको अध्यक्षमा हरि गुरुङ सर्वसम्मत 

चुरेकुञ्ज, २१ बैशाख, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खातामा अवस्थित खाता सामुदायिक वन समन्वय समितिको अध्यक्ष पदमा हरि गुरुङ सर्बसम्मत चयन हुनु भएको छ । आईतबार सम्पन्न १६ औं वार्षिक साधारण तथा छैठौं अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।

साधारण सभाकै अवसर पारेर समितिको सार्वजनिक सुनुवाइ समेत गरिएको छ । पार्षदहरुले समुपस्थितीमा दोस्रो पटक अध्यक्षमा गुरुङलाई चयन गरिएको हो । समितिको उपाध्यक्षमा भदै थारु, सचिव कुल बहादुर बुढामगर, कोषाध्यक्ष हरिकला भाट र सह–सचीवमा मंगल थारु चयन हुनु भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

त्यस्तै सदस्यहरुमा भुपाल न्यौपाने, सन्तराम थारु, इन्द्रबहादुर सापकोटा, जितलाल पाण्डे, गिता प्रसाद भट्टराई, खुसमानी थारु, सुनिता थारु, रमा थारु. मन्जु नेपाली र मन कुमारी सुनार चयन हुनु भएको छ । समितिको कार्यकाल ३ बर्ष रहने बताईएको छ । खाता सामुदायिक वन समन्वय समितिमा ३६ वटा सामुदायिक वन र ३ वटा धार्मिक वन आवद्ध रहेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments