• ९ वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
बबई नदीमा बेपत्ता पोखरेलको शव भेटियो

केशव कोईराला, १२ बैशाख, बर्दिया । बर्दियाको बबई भादा नदीमा नुहाउने क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नम्बर ५ निवासी २० वर्षीय सृजन पोखरेलको शव तीन दिनपछि फेला परेको छ । बुधबार दिउँसो बेपत्ता भएका पोखरेलको शव शुक्रबार बिहान घटनास्थल देखि करिब २०० मिटर अगाडी फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पोखरेल बुधबार बबई नदिमा नुहाउन गएका थिए । उनको खोजी सुरु गरे पनि नभेटिएपछि प्रहरीलाई जानकारी दिइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीहरूको सहयोगमा निरन्तर खोजी अभियान सञ्चालन गरिएको थियो । 
शव भेटिए लगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि गुलरिया अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए ।

सम्बन्धित समाचार

Facebook Comments