राजापुर प्रहरीको सक्रियतामा वर्तमान समस्याको सार्वजनिक सुनुवाई
पुरुषोत्तम खनाल, ५ कार्तिक, बर्दिया । बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालयले पालिका स्तरमा सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । राजापुर क्षेत्रमा गरेको काम कारबाही, यस क्षेत्रका समस्याहरु र आगामी योजनाहरुका बारेमा सरोकारवालाहरुसँग छलफल गर्न प्रहरीले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।
राजापुरमा रहेका पार्टी प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, सशस्त्र प्रहरीका डिएसपी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, बडघर, युवासञ्जाल, पत्रकारहरु विच आफ्नो क्षेत्रमा रहेका समस्या र सुशासनका लागि प्रहरीले गर्नु पर्ने जिम्मेवारीका बारेमा खुला छलफल गरिएको छ । इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहोराको सभाध्यक्षता र राजापुर नगपालिका नगर उपप्रमुख मनकला कुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको सार्वजानिक सुनुवाई कार्यक्रमको अतिथि प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा रहनु भएको थियो ।
अधिकांश वक्ताहरुले राजापुरमा इलाका प्रहरीले पहिलो पटक सार्वजनिक सुनुवाई गरेर सोकारवालाहरुको मत लिएको भन्दै यस क्षेत्रमा बालविवाह, लागु पदार्थ र्दूव्यसनी, सडक दुर्घटना, बजार अनुगमन, बजार क्षेत्रको व्यवस्थापन, भन्सार र चोरी निकासी लगायतका समस्या रहेकाले यसमा प्रहरीले प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्नुपर्ने बताएका थिए । प्रखुख प्रशासकीय अधिकृत बुढाले राजापुर क्षेत्रको समस्या समाधानमा यहाँकै राजनितिक दल, समाजसेवी बुद्धिजीविहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
स्थानीय सरकारले सबै क्षेत्रमा नजर पु¥याउनु पर्ने भन्दै राष्ट्रसेवक कर्मचारीले कानुन बमोजिम तोकिएको जिम्मेवारी र काम पुरा गर्ने धारणा राख्नुभयो । सार्वजनिक सुनुवाइमा आफ्नो धारणाराख्दै उपप्रमुख चौधरीले राजापुरमा स्थानीय सरकारले पूर्ण रुपमा भरोसा राख्ने सुरक्षा निकायका प्रमुख रहेकोले नै शान्ति सुव्यवस्था बनेको बताउनु भयो । समाजमा सुशासन ल्याउन बर्दीवाला प्रहरीले मात्र नसक्ने भएकाले सबै सचेत नागरिक भएर एकजुट हुनुपर्ने भन्दै समस्या समाधानमा रचनात्मक सल्लाह सुझाव लिदै अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष डिएसपी बोहराले राजापुर क्षेत्र खुला सीमा नाका रहेकाले धेरै सुरक्षा चुनौतिहरु रहेपनि सदैब राजापुरका स्थानीयको शान्ति सुरक्षाका लागि तयार रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आफुले कानुन सम्मत गर्न सक्ने काम तत्कालै गर्ने र अन्य सबालहरु माथिल्लो तहमा जाहेर गर्ने प्रतिबद्धता गर्नु भएको छ । बर्दिया उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमको प्रहरी निरीक्षक नविन थापा मगरले सञ्चालन गर्नु भएको थियो ।
१७ °C काठमाडौं
Facebook Comments