समान ज्यालाको मागगर्दै राजापुरमा श्रमीकहरुको र्याली
केशव कोईराला, १२ असोज, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा श्रमिकहरुले ¥याली निकालेका छन् । मर्यादित काम, श्रमिकको सम्मान हाम्रो अभियान भन्ने नारा सहित श्रमिकहरूले दवाव मूलक ¥याली निकालेका हुन ।
मुक्तकमैया समाज राजापुर नगर समिति र कचहरी केन्द्र राजापुरको संयुक्त आयोजनामा श्रमिकहरूले ¥याली निकालेका हुन । समान कामका लागि समान ज्याला र श्रम अधिकार सम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड सहित राजापुरको टेडियावाट निस्किएको ¥यालीले बजार परिक्रमा गरि राजापुर चोकमा गई कोण सभा गरेको छ ।
कोण सभालाई मुक्तकमैया समाज राजापुर नगर समिति अध्यक्ष जगतराम थारू, कचहरी केन्द्र राजापुरका अध्यक्ष गुलिया थारू लगायतले सम्बोधन गर्नु भएको थियो । ¥यालीले राजापुर नगरपालिका पुगी स्मरण पत्र बुझाएको थियो । कोण सभालाई सम्बोधन गर्दै वक्ताहरूले श्रमिकको ज्याला जिल्ला दररेट अनुसार कायम गरिनु पर्ने, समान कामको समान ज्याला निर्धारण गरिनु पर्ने लगायत श्रमिकको बिमा र सुरक्षाका विषयमामा आवाज उठाएका छन् ।
२१ °C काठमाडौं
Facebook Comments