• १० वैशाख २०८३, बिहिवार
  • २० °C काठमाडौं
४५ औं विश्व पर्यटन दिवसको अवसरमा रक्तदान 

विष्णु अधिकारी, ११ असोज, बर्दिया । पर्यटन उद्योगलाई नेपालले अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गरी नेपालीको आयस्तर उकास्न सकिने प्रशस्त सम्भावना हुदाँदुदै पनि उचित संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलपर्दै गएको छ । नेपालले पर्यटन उद्योगको माध्यम द्वारा देशको विकासको गतिलाई तिब्रता दिन महत्वपूर्ण साधनको रुपमा विकास गर्नुपर्ने पर्यटन व्यवसायीहरुको माग रहेको छ । 

पर्यटनको विकास नेपालमा सन् १९४९ देखि विदेशी नागरिकलाई खुल्ला गरेपछी पर्यटन उद्योगको विकास र विस्तार क्रम सुरु भएको पाईन्छ । पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड तथा लाभको क्षेत्र भएता पनि यस क्षेत्रमा विकासमा पर्याप्त मात्रामा लगानी हुन नसकेका कारण आशातीत उपलब्धि हासिल हुन सकेको छैन । नेपाल विश्वको १० औं गन्तब्यमा परेपनि पर्यटन क्षेत्रको विकासमा राज्य उदासिनताका कारण संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा, लगायतका ८ वटा ८ हजार मिटर भन्दा अग्ला हिमाल भएता पनि पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न सकेको छैन । 

नेपालको उत्कृष्ट पदयात्रामा पर्ने अन्नपूर्णका हिम श्रृंखलाका साथै तराइका फाँट र घना जंगल, भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीका अनुपम धरातलीय, जैविक, सांस्कृतिक विविधताको खानी भएता पनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । विश्व पर्यटन दिवसको अवसरमा रक्तदान जिवनदान भन्ने मुलनाराका साथ ४५ औं विश्व पर्यटन दिवस २०२४ को अवसरमा बृहत रक्तदान कार्यक्रम गुलरियामा गरिएको छ । होटल अर्गनाइजेसन बर्दियाको आयोजनामा नेपाल नियमित रक्तदाता संघ, जिल्ला शाखा बर्दियाको समन्वयमा रक्त संकलन गरिएको हो । 

विश्व पर्यटन दिवस रक्तदान कार्यक्रमको प्रमुख अतिथि गुलरिया नगरपालिका नगर उप–प्रमुख सावित्रा गौतमले पर्यटन दिवसको अवसरमा रगत संकलन कार्यक्रम गरि मानवीय सेवाको भावनामा रही दिवस मनाएकोमा आयोजक संस्थालाई धन्यवाद दिनुभएको छ । उप–प्रमुख गौतमले नेपालले पर्यटनको माध्यमबाट धेरै किसिमको लाभ लिन सक्ने ठाउँ रहेता पनि पर्यटन क्षेत्रको विकास जुन किसिमले हुनु पर्ने हो, त्यो हुन नसेकेको बताउनु भयो । होटल अर्गनाइजेसन बर्दियाकी अध्यक्ष संगिता थापाले बर्दियामा राष्ट्रिय निकृुञ्ज, कृष्णसार संरक्षण क्षेत्र, बढैयाताल, सतखलुवा ताल लगाएतका मनै लोभ्याउने प्राकृतिक फाँटहरु रहेको भएतापनि पर्यटन क्षेत्रको विकास हुन नसकेकोमा दुःख व्यक्त गर्नु भएको छ । 

अध्यक्ष थापाले पर्यटन क्षेत्रको विकास नभएका कारण धेरै व्यवसायीहरु आफ्नो पेशाबाट विमुख हुन थालेकाले राज्यले पर्यटन उद्योगलाई उकास्न विशेष कार्यक्रम ल्याएमा बर्दियाली जनताको आयआर्जनमा टेवा पुग्नुका साथै राज्यको आम्दानीको श्रोत समेत बढ्न सक्ने बताउनु भएको छ । बर्दिया विभिन्न साँस्कृतिक मुल्य मान्यताको धनी जिल्ला भएकाले यहाँको कला, संस्कृतिहरु देखाएर आय आर्जनको पाटोलाई मजबुत बनाउन सकिने उहाँको भनाई छ । 

प्राकृतीक सम्पदाले नेपाल धनी भएपनि धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनका लागी दुर्गम ठाउ जानुपर्दछ, त्यस्ता ठाउँहरुमा सहज यातायातको साधनका लागि सहज बाटो छैन । यातायात सुविधा नभएका कारण उचित होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको उचित प्रबन्ध नभएका कारण त्यसतर्फ राज्यको ध्यान छिटै पुग्न जरुरी छ । पर्यटन उद्योगले देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको श्रृजना, सार्वजनिक र ब्यक्तिगत आयआर्जनको श्रोत, साँस्कृतीक आदान प्रदानका साथै राष्ट्रको छवी वढाउन मद्दत पुग्ने भएकाले यस तर्फ सबैको ध्यान केन्द्रित हुन आवश्यक रहेको औल्याईएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments