जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु, एक घाइते
हरि गुरुङ, ३१ असार, मधुवन (बर्दिया) । जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाईते भएका छन् । हात्तीले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का अंदाजी ५२ बर्षिय शिवप्रसाद थारुको मृत्यु भएको हो ।
सोही निवासी अंदाजी २५ बर्षिय विश्राम थारु घाईते भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले जानकारी दिनुभयो । निकुञ्जको भित्री एरिया अम्रेनीमा कुलो मर्मतको लागि अनुमति लिएको समूह मध्येका दुवै जनालाई हात्तीले आक्रमण गरेको बताईएको छ ।
घाइतेको उपचारको लागि नेपालगञ्ज पठाईएको सूचना अधिकारी वाग्लेको भनाई छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र झन्डै १ सय ५० बढी जंगली हात्ती रहेको र निकुञ्ज भित्र पाटेबाघ लगायतका वन्यजन्तु रहेकाले जथाभागी निकुञ्ज प्रवेश नगर्न आग्रह गरिँदै आएको छ ।
२८ °C काठमाडौं
Facebook Comments