राजापुरका विद्यालयमा समुदाय प्रहरी कार्यक्रम अन्र्तगत सचेतना
चुरेकुञ्ज, ७ असार, राजापुर (बर्दिया) । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राजापुर नगरपालिका भित्रका बिद्यालयहरुमा सचेतना कार्यक्रम गरिएको छ । समाजमा बिद्यमान बिकृती रोक्ने उदेश्यले सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
राजापुर नगरपालिका वडा नं. ८ ललितापुर स्थित भेरी माध्यामिक बिध्यालय र वडा न. ९ गोडियानामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका कक्षा ८, ९ र १० मा अध्यनरत छात्र–छात्रा एवं शिक्षकहरुलाई “लागु औषध, बालविवाह, बालश्रम, साईबर अपराध, ट्राफिक नियम र आत्महत्या” सम्बन्धि सचेतना दिईएको हो ।
चेतनामूलक कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले सचेतनामूलक स्कूल प्रशिक्षण दिनु भएको थियो । राजापुर नगर पालिकाको कार्यालयको सहकार्यमा सचेतनात्मक कार्यक्रमको आयोजना गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस अघि पनि विभिन्न बिद्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
३२ °C काठमाडौं
Facebook Comments