• १० वैशाख २०८३, बिहिवार
  • ३२ °C काठमाडौं
बाँसगढी नगरको बालमैत्रीसँगै बाल विवाहमुक्त पालिका बनाउने निति

विन्दु चौधरी, ७ असार, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाले बालमैत्रीसँगै बालविवाह मुक्त नगरपालिका घोषणा गर्ने निति अघि सारेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिकगर्दै नगर प्रमुख खड्क बहादुर खड्काले नगरपालिकालाई बालमैत्री तथा बालविवाह मुक्त पालिका घोषणा गर्ने निति अघि बढाइएको बताउनुभयो । 

१५ औ नगर सभामार्फत बालबालिका सम्बन्धी मुद्धालाई सम्बोधन गर्नका लागि एक छोरी एक बैंक खाता कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिने नगर प्रमुख खड्कले बताउनुभयो । त्यस्तै कृषि र पशुपन्छी क्षेत्रलाई पहिलो प्राथमिकता राख्दै “खाऊ आफ्नै बारीको, नखाऊ सिमा पारीको” भन्ने नारा लिएर नगरभित्रका किसानको स्थानिय उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न एक घर एक करेसाबासी कार्यक्रम संन्चालन गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी “फौहोरमैला र झारपातको प्रयोग, जैविक मलमा सदुपयोग” भन्ने नाराका साथ जैविक मल उत्पादन कारखाना निर्माण गरी संचालनमा ल्याइने छ । प्रांगारिक मल तथा जैविक खेती पद्धतीलाई अबलम्वन गरी अर्गानीक कृषि प्रणाली संचालन गरिने नगर प्रमुख खड्काले जानकारी दिनुभयो । 

“उत्पादन साथमा, अनुदान हातमा”, “बाँझो छोडी गाउँको खेतवारी, नजाउ खोज्न रोजगारी” जस्ता नारा अघि सारेर कृषि क्षेत्रलाई प्रोत्साहन गरिएको उहाँले बताउनुुभयो । त्यस्तै कृषि विमा र पशुपन्छी विमालाई निरन्तरता दिएको छ । शिक्षा तर्फ “तपाईका क्षमता हाम्रो लगानीः पढौँ पढाऔँ गरौ आम्दानी” भन्ने अभियानका साथ शुरुवात गरिएको पढ्दै कमाउदै कार्यक्रमका रुपमा स्वंयमसेवक शिक्षक परिचालन कार्यक्रमलाई विषयगत तथा विधागत रुपमा सम्बन्धीत संस्थासंगको समन्वयमा आधुनिक सुचना प्रविधिमैत्री बनाउदै निरतरता दिइएको छ । ”पढ्नलाई आधार दिन्छ मेरो सरकार”, “शिक्षामा सबैको सहभागिता, शैक्षिक सुधारमा राम्रो प्रतिद्धता” भन्ने निति पनि नगरपालिकाले अघि सारेको छ । 

त्यस्तै दिवा खाजा, पढाऔँ, सिकाऔँ र विकाआँै, भन्ने सोचका साथ प्राविधिक शिक्षाको विकास तथा एकवार एक विद्यार्थी एक सिप कार्यक्रम लागु गरि गुणस्तरिय र जीवन उपयोगी शिक्षा बनाउने काममा जोड र खेलाडीहरुको सिप, क्षमता कौशल बृद्धि गर्न खेलाडी विकास कार्यक्रम संचालन गरिने छ । नगर प्रमुख खड्काले भन्नुभयो स्वास्थ्य तर्फ नगरभित्रका नागरिकलाई निशुल्क आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाह, राष्ट्रिय चिकित्सा मापदण्डका अनुसार स्वास्थ्य सेवा प्रवाहका लागि पुर्वाधार, औषधी, औजार,उपकरको ब्यवस्था गरिने, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, खोप, परिवार नियोजन, किशोरावस्था प्रतिकारात्मक प्रद्र्धधनात्मक, उपचारात्मक स्वास्थ्य सेवालाई जनताको सहज पहँुच पुर्याउने रणनिति अवलम्वन गरेको छ । 

यसैगरी सहकारी संघसस्थागंको साझदारीमा रोजगारी सिर्जना र उद्यमशिलताको प्रर्वद्धनका कार्यक्रम संचालन गर्ने, स्थानिय समुदायबाट उत्पादन गरिएका सामाग्रीमार्फत संकलन तथा खरिद विक्रिको ब्यवस्था गर्ने र विभिन्न जाति धर्म, सम्प्रदाय र समुहको परम्परागत सिलाई पुस्तान्तरणसंग आधुनिकिकरण र ब्यवसायिकरण, लगायतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारगर्दै लगिने नीति नगरपालिकाले लिएको छ । बाँसगढी नगरपालिकाले संचालन गरेको डिजिटल बाँसगढी र मोबाइल एप अपग्रेड गरि सबै सेवाहरु होम डेलिभरी मार्फत गरिने, हरेक क्रियाकलापलाई क्रमशः डिजिटल प्रणालीयुक्त बनाउदै लगिने र सुचना तथा समाचार प्राप्त गर्न डिजिटल नागरिक बडापत्रको ब्यवस्था गरिने नगर प्रमुख खड्काले नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभएको छ ।  

सम्बन्धित समाचार

Facebook Comments