• १० वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
हावाहुरीका कारण बर्दियाको जनजीवन अस्तब्यस्त

विष्णु अधिकारी, ६ असार, बर्दिया । लामो समय गर्मिका कारण पिडा खेपिरहेका बर्दियाका जनता बर्षा भई राहत महशुस गर्ने समयमा हावाहुरीका कारण थप समस्यासँग जुध्नु परेको छ । बर्दियामा बुधवार राती आएको हावाहुरीका कारण विभिन्न स्थानमा ठुलो क्षति पुगेको छ । 

एक्कासी आएको हावाहुरीका कारण घरका छाना उडाएर करोडौको क्षति पु¥याएको छ । हावाहुरीको वितण्डाका कारण स्थानीयका घरका छाना, गोठ, अन्नपात लगायत भौतिक संरचनाहरुमा क्षति पुगेपछि स्थानीयहरु पिडित भएका छन् । बर्दियाका अधिकाशं खर, टिन र टायलले छाएका घरहरुको छाना उडाए पछि स्थानीयहरु तराईको अत्यधिक गर्मि र बर्षाबाट कसरी जोगिने भनेर चिन्तित भएका छन् ।

गुलरिया नगरपालिका वडा नं.७ मा ७० प्रतिशत घरहरु टिन तथा टायलले छाएको घरहरुमा क्षति पुगेको गुलरिया नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मनोज यादवले बताए । घरका छाना उडाएका अधिकांश मानिसहरु गरिब तथा न्यून आय भएका कारण घाम र बर्षा छेक्न कठिन बनाएको छ । गएराती आएको हावाहुरीका कारण ४ जना घाइते भएको उनीहरुको बर्दिया अस्पतालमा उपचार भइरहेको वडाअध्यक्ष यादवले बताए । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको हुँदा यकिन तथ्याङ्क लिएपछि क्षतिको पुर्ण विवरण आउने बताईएको छ । 

हावाहुरीले घरको छानो उडाएपछि बर्षभरि खानका लागि जोहो गरेर राखेको अन्नपात समेत नोक्सान भएपछि उनीहरुमा के खाने भन्ने चिन्ताले पिरोलिरहेकोछ । हावाहुरीका कारण घरको छाना र अन्नपात नोक्सान गर्नुका साथै अन्य लत्ताकपडा पनि उडाएका कारण के गर्ने कहा जाने भन्ने चिन्ताले पिरोलिरहेको गुलरिया नगरपालिका वडा नं. ७ का स्थानीय प्रमेश यादल बताउछन् । हावाहुरीका कारण अधिकाशं स्थानहरुमा विद्युतका पोलहरुमा क्षति पुगेका छन् । पोलहरु भाचिएका कारण विद्युत अवरुद्ध हुदा थप पिडामा परेका छन् ।

 

सम्बन्धित समाचार

Facebook Comments