• १० वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
७३ औं  स्काउट दिवसको अवसरमा मधुवन बजार सरसफाइ 

हरि गुरुङ, ५ असार, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकामा ७३ औं स्काउट दिवस बजार सरसफाइ गरि मनाइएको छ । प्रत्येक वर्ष आषाढ ५ गते “तयार होउ“ भन्ने नारा सहित स्थापना दिवस नेपालभरी मनाईदै आएको छ ।

नेपालमा नेपाल स्काउट  विक्रम सम्वत २००९ आषाढ ५ स्थापना गते स्थापना भएको  थियो । स्काउटमा चार वटा समुह छुट्याएको छ । विद्यालय स्तरबाट ६ वर्षदेखि ११ वर्षमुनिका कब ब्राउनी, ११ वर्षदेखी १६ वर्ष मुनिका ब्याइज/गल्स स्काउट, १६ वर्षदेखि २१ वर्षसम्म भेन्चर र  २२ वर्षदेखि २५ वर्षका रोभर रेन्जर ग्रुप विभाजन गरिएको छ । पहिलो पटक सन् १९०७ अगस्ट १ मा वेलायती नागरिक लर्ड वेडेन पावेलले २० जना कुलतमा फसेका र अन्य जातजातिका युवायुवतीहरुलाई लिएर स्काउटको शुरूवात गरेका थिए । बालबालिकाहरुको शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक र आध्यात्मक पक्षको विकास गर्न स्काउटले मद्दत गर्छ । 

स्काउटका बालबालिकाहरुले बजारमा भएका फोहर मैला उठाउँदा बजारबासीहरुमा चेतना जगाउने उद्देश्यका साथ आफ्नो वरिपरि फोहरमैला गर्नु हुदैन भन्नू हो । मधुवन नगरप्रमुख तेज बहादुर भाटले स्काउटका भाई बहिनीहरुमा सबैभन्दा पहिले अनुशासन रहन जरुरी रहेको बताउनु भएको छ । स्काउटबाट सिकेका र जानेका राम्रो कुराहरु आफू भन्दा साना भाइबहिनीहरुलाइ र आफ्नो  जिवनमा लागु अनिवार्य गर्नु पर्ने उहाँको सुझाव छ । उहाँले ७३ औं नेपाल स्काउट दिवसको अवसरमा सबैमा शुभकामना दिनुभएको छ ।

स्काउट दिवसका प्रमुख अतिथी मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, अतिथिहरुमा नगर प्रवक्ता मेक बहादुर गुरुङ्ग, वडा अध्यक्षहरु मीन बहादुर थापा, आसाराम चौधरी, नारायण मल्ल, प्रहरी चौकी धनौरा इन्चार्ज, ओराली बजार ब्यवस्थापन समिति चित्र बहादुर वलि, ओराली बजार बरघर भोज बहादुर बि.सी. श्रीधनौरा स्काउट त्रिपका प्रधानाध्यापक चन्द्रबहादुर खत्री लगायत बजारका ब्यपारीहरु, स्काउटका बालबालिका ४८ जनाको उपस्थिति रहेको थियो । कार्यक्रम स्काउट मास्टर बलबहादुर दर्लामी मगरले संचालन गर्नुभएको थियो । मधुवन नगरपालिका, २ नं– वडा कार्यालय, ३ नं– वडा कार्यालय, ओराली बजार ब्यवस्थापन समिति र प्रहरी चौकी धनौराको समन्वय र श्री धनौरा स्काउट तृप श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मधुबन नगरपालिका वडा नं–३ को आयोजनामा सम्पन्न गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments