• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
माछा बजारीकरणमा गरेको लगानी बालुवामा पानी

विष्णु अधिकारी, २८ वैशाख, बर्दिया । सरकारी निकायले हचुवाको भरमा अनुदान दिने गरेको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माछा बजारीकरणका लागि गरेको लगानी खेर गएको अनुगमनका क्रममा देखिएको छ । माछा राख्नका लागि बनाइएका साना कृत्रिम पोखरीहरुमा थोत्रा पुराना कबाडहरु राख्ने स्टोरको रुपमा प्रयोग भएको पाईएको छ ।

गुलरिया नगरपालिका बजार क्षेत्रभित्र संचालनमा रहेका मासु पसल तथा डेरी उद्योगहरुको अनुगमन तथा निरिक्षणका क्रममा मासु पसल सरसफाई तथा मासु भण्डारणमा सुधारको खाँचो देखिएको छ । चिसो कपडाले मासु छोपेर विक्री गर्दा त्यसले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भएकाले अनुगमनका क्रममा पसल संचालकहरुलाई सचेत गराईएकोे छ । मासु पसल धनीहरुलाई अनुगमनका क्रममा देखिएका त्रुटिहरु सुधार गर्नका लागि आग्रहगर्दै अर्को पटकको अनुगमनमा पुन त्रुटि देखिए कारवाही गर्ने चेतावनी समेत दिईएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले मासु पसल अनुगमनका क्रममा मासुको गुणस्तर तथा मासु काट्ने, जोख्ने र राख्न प्रयोग गर्ने औजार तथा भाडाहरु सफा नभएको पाइएको पशु चिकित्सक अनिल कुमार शर्माले बताउनु भयो ।

त्यस्तै मासु काट्दा निस्कने फोहोरको व्यवस्थापन नगर्दा उपभोक्ताहरु स्वच्छ र सफा मासु उपभोग गर्नबाट बञ्चित भएका छन् । मासुलाई खुला रुपमा विक्रि गर्न राख्दा त्यसले स्वास्थ्यमा गम्भिर असर गर्ने पशु चिकित्सक डा. शर्माले बताउनु भयो । अनुगमनका क्रममा मासु पसलहरु सफाई नभएको, मुल्य सुचि नराखिएको, फ्रिजको सरसफाई तथा माछा र मासुका लागि छुट्टाछुट्टै फ्रिज नभएको हुँदा उपभोक्ताहरु मारमा पर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका उद्योग अधिकृत विश्वलाल खड्काको प्रतिवेदनमा उल्लेख छ । 

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत राजेश कुमार यादवले बजार अनुगमनलाई आगामी दिनमा अझ सशक्त बनाउने र मानव स्वास्थ्यमा असर गर्ने बस्तु बेचविखन गरेको पाइए कानून बमोजिम कारवाही गरिने चेतावनी दिनु भएको छ । अनुगमनमा गुलरिया नगरपालिकाका वडा नं. ६ का वडा सचिव विश्व प्रकाश अधिकारी, उद्योग वाणिज्य संघ गुलरिया, बर्दियाका कोषाध्यक्ष श्रीकृष्ण थारु, पशु क्वारेन्टाइन चेकपोष्ट गुलरियाका पशु स्वास्थ्य प्राविधिक नारायण प्रसाद पोख्रेल नागरिक समाज बर्दिया संयोजक हिमा सुनार, उपभोक्ता हकहित अधिकार मन्चकी प्रतिनिधि रुपा बजगाई लगाएत सरोकारवाला निकायका प्रनिधिहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

Facebook Comments