• १० वैशाख २०८३, बिहिवार
  • २२ °C काठमाडौं
बारबर्दियाको जयनगरमा ईलाका प्रहरी कार्यालय भवन 

चुरेकुञ्ज, २१ वैशाख, बर्दिया । बारबर्दिया नगरपालिकाको जयनगर बजारमा ईलाका प्रहरीको कार्यालय भवन निर्माण सम्पन्न भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक कुवेर कडायतले नवर्निमित भवनको बिहिबार समुद्घाटन गरेका छन् । 

उद्घाटन समारोहलाई सम्बोधनगर्दै कडायतले कार्यालय निर्माण भएसँगै स्थानियको सहकार्य प्रहरीलाई अपरिहार्य रहेको बताए प्रहरी सरकारको नजिकको प्रतिनिधि भएकाले जनताको दुःख सुखमा सधै साथ रहने प्रतिवद्धता ब्यक्तगर्दै नवनिर्मित प्रहरी भवनलाई आफ्नो घर जत्तिकै माया गरिदिन आग्रह गरे । पालिका सुहाउँदो मेनपावर राख्ने गृहकार्य भैरहेको उनको भनाई छ । 

ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाको हाताभित्र कार्यालय तथा ब्यारेक भवन, भान्सा घर र शौचालय निर्माण गरिएको छ । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा ब्यवस्था भए बमोजिमका प्रकृयाहरु पूरागरी लुम्बिनी प्रदेश सरकारको सहयोगमा कुल ३ करोड २३ लाख ६७ हजार ८०४ रुपैयाको लागतमा कार्यालय भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक प्रविण धितालले बताए । 

नवनिर्मित भवनमा ७ वटा कार्यालय कोठा, ४ ओटा कोठा कर्मचारी ब्यारेक महिला कर्र्मचारीको एट्याचसहितको ब्यारेक तथा हिरासत कक्ष, कार्यालय प्रमुख निवास र संचार अफिस र छुट्टै भान्साघर निर्माण गरिएको छ । स्थानिय ठग्गुलाल शर्मा (टीएल) ले ईलाका प्रहरी कार्यालयको लागि सडक किनारमा दान दिएको ५ कठ्ठा जग्गामा भवन निर्माण गरिएको हो । ईलाका प्रहरी कार्यालयको भवन निर्माण भएपछि स्थानिय खुशी भएका छन् ।

 

सम्बन्धित समाचार

Facebook Comments