मधुवनको जनआधार प्राविबाट करिव २ लाख बराबरको चोरी
हरि गुरुङ, २० वैशाख, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नं–३ खातामा अवस्थित श्री जनआधार प्राथमिक विद्यालयमा बुधवार राती बैशाख चोरी भएको छ । विद्यालयको ढोकाको ताल्चा फोडि कोठाभित्र रहेको शैक्षिक सामाग्री चोरी भएको हो ।
विद्यालयबाट प्रोजेक्टर, २४ ईन्चको एल.सी.डी, साउण्ड सिस्टम, ल्यापटप (डेल), फोटोकपी मेसिन, एल.ई.डी. बल्ब र पानी तान्ने मोटर पम्प गरी करिब २ लाख ५ सय बराबरको चोरी भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नृपसिंह ठकुरीले जानकारी दिनु भएको छ । मधुवन नगरपालिका क्षेत्रमा दिनहुँ चोरी हुँदै आएकोले स्थानियहरु त्रसित छन् ।
२२ °C काठमाडौं
Facebook Comments