• १० वैशाख २०८३, बिहिवार
  • २२ °C काठमाडौं
मधुवनमा मानव–वन्यजन्तु सह–अस्तित्व कायम गर्न ब्यवहार परिवर्तन अभियान

हरि गुरुङ, २० वैशाख, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ९ बाट  मानव–वन्यजन्तु सह–अस्तित्व कायमका लागी ब्यवहार परिवर्तन गर्न शुरु गरिएको छ । मधुवन नगरपालिकाको आर्थिक सहयोग, डिभिजन वन कार्यालय बर्दियाको सहकार्य र खाता सामुदायिक वन समन्वय समिति मधुवन वडा नं–३ खाता बर्दियाको आयोजनामा विद्यार्थी र स्थानीय समुदायबिच विहिबारदेखि ब्यवहार परिवर्तन अभियान शुभारम्भ गरिएको छ ।

ब्यवहार परिवर्तन अभियान मधुवन नगरपालिकाको विभिन्न सात स्थानमा संचालन हुने बताईएका छ । अभियान समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले अभियान मार्फत हाम्रो मधुवन राम्रो मधुवन हुनेमा दुई मत नभएको धारणा ब्यक्त गर्नुभयो । सुनेका बुझेका कुराहरु ब्यवहारमा उतार्न अनुरोधगर्दै कार्यक्रम सफलताको नगरप्रमुख भाटले शुभकामना दिनुभएको छ । 

कार्यक्रम मार्फत मानव–वन्यजन्तु विच सह–अस्तित्व कसरी कायम गर्ने, वन्यजन्तुका आनिवानी तथा उनीहरुबाट कसरी बंच्ने, राहत निर्देशिका २०८० का बारेमा जानकारी, लागूऔषध, चेलिबेटी बेचबिखन, बाल विबाह न्यूनीकरण गर्न अभिभावकको भुमिकाका बारेमा जानकारी गराउने खाता सामुदायिक वन समन्वय समिति बर्दियाले जनाएको छ । ब्यवहार परिवर्तन कार्यक्रममा डिभिजन वन कार्यालय बर्दिया, ईलाका प्रहरी कार्यालय ढोढरी, वीग्रुप र खाता सामुदायिक वन समन्वय समितिले सहजीकरण रहेका थिए ।  

विशेष अतिथी मधुवन नगरपालिका वडा नं–९ का वडा अध्यक्ष हर्क बहादुर बस्नेत क्षेत्री, अतिथि वी ग्रुपका फिल्ड सुपरभाइजर गंगा गुरुङ्ग, सामुदायिक वनका अध्यक्ष, सचीवहरु तथा विद्यार्थी र समुदायहरुको सहभागीता रहेको कार्यक्रम खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं–३ खाता बर्दियाका अध्यक्ष हरि गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । खाता सामुदायिक वन समन्वय समिति अन्तर्गत आर.आर.टी. संयोजक प्रदेशी चौधरीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments