बाँकेको अगैयामा सशस्त्र प्रहरीको जलउत्पन्न विपद उद्धारको कृतिम अभ्यास
चुरेकुञ्ज, १८ वैशाख, बर्दिया । सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैया स्थित राप्ती नदीको सिक्टा परियोजना बाँधमा जलउत्पन्न विपद उद्धारको कृतिम अभ्यास गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला, कानून तथा संचारमन्त्ती दिनेश पन्थीको प्रमुख आतिथ्यतामा बर्षादको समयमा हुने बाढी डुवानको बेला विपदबाट तत्काल पीडितको उद्धार गर्न सहज बनाउने उद्देश्यले स्थानिय तथा प्रदेश सरकार, नागरिक लगायत सरोकारवाला संघ संस्थाहरुको सहकार्यमा कृतिम अभ्यास गरिएको हो ।
कार्यक्रममा वोल्दै विन्ध्यवासिनी वाहिनी मुख्यालयका वाहिनीपति अभिकुमार खत्रीले लुम्बिनी प्रदेशमा तिनाउ, राप्ती, कर्णाली नदी भएका कारण जल उत्पन्न विपदको दृष्टिकोणले उच्च जोखिममा रहेको बताउनु भएको छ । विपदका बेला पीडितको उद्धार प्रभावकारी रुपमा गर्न समयसँगसँगै आईरहेका परिवर्तन र नयाँ प्रविधिको प्रयोग गरी प्रविधिमा अभ्यस्त गराउन वाहिनीले समय समयमा यस्ता किसिमका तालिम, अनुशिक्षण र कृतिम अभ्यासहरु गर्दै आईरहेको उहाँको भनाई छ । न्यून जनशक्ति र सिमित श्रोत साधनको वावजुद पनि उपलब्ध श्रोत साधनको अधिकतम सदुपयोग गर्दै विपदको समयमा कत्तीपनि विचलित नभई उच्च मनोवलका साथ जनताको सेवामा परिचालित हुन मातहतलाई निर्देशन दिनु भएको छ ।
जल उत्पन्न विपदको दृष्टिकोणले उच्च जोखिममा रहेको वाहिनी मातहत जम्मा १० जना मात्र गोताखोरहरु रहेकोले प्रदेश सरकारको सहयोगमा निकट भविष्यमा गोताखोर तालिम संचालन गरी वुटवल र भालुवाङमा समेत गाताखोर तालिम सहितको विपद ब्यवस्थापन टीम राख्ने योजना रहेको उहाँको भनाई छ । अभ्यासका क्रममा काल्पनिक १ सातादेखि अविरल बर्षाका कारण राप्ती नदीमा बाढी आई कुसुम नजिकैको काल्पनिक वस्तीका वासिन्दालाई बगाएको अवस्थामा उद्धार गरिएको थियो । सप्र बल नेपाल नं. ४२ गण हेडक्वाटर शमशेरगंज बाँकेमा रहेको लुम्विनी प्रदेस स्तरिय विपद ब्यवस्थापन टिम, गोताखोर, सीएसएसआर, रोप लगायत सबै उद्धार प्रविधि प्रयोग गरी अभ्यास गरिएको थियो ।
कार्यक्रममा संचार मन्त्री, कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्य, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले विपदका बारेमा आफ्नो मन्तब्य राख्नु भएको थियो । लुम्विनी प्रदेश अन्र्तगतका जिल्लाबाट सशस्त्र प्रहरी कार्यालयका प्रमुखहरु कार्यक्रममा सहभागी रहेको ३१ नम्बर हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्रांगत दाहालले जानकारी दिनुभयो । अभ्यासबाट विपद न्युनिकरणमा बल पुग्ने विस्वास लिईएको छ ।
२१ °C काठमाडौं
Facebook Comments