• १० वैशाख २०८३, बिहिवार
  • २१ °C काठमाडौं
सशस्त्र प्रहरी बल बर्दियाको स्थापना दिवसमा उत्कृष्ट कर्मचारी सम्मानित  

चुरेकुञ्ज, १८ वैशाख, बर्दिया । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाको १७ औं स्थापना दिवस भब्य रुपमा मनाईएको छ । सशस्त्र प्रहरी नायव महानिरिक्षक विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति अभिकुमार खत्रीको प्रमुख आतिथ्यतामा बर्दियाको गुलरिया सुरजपुर स्थित गण कार्यालय परिसरमा विविध कार्यक्रमगर्दै सोमवार दिवस मनाईएको छ ।

राष्ट्रिय धुनबाट शुरु गरिएको कार्यक्रममा अमर सशस्त्र प्रहरी सहिदहरुको स्मृतिमा मौन धारणगर्दै परिसर भित्र अवस्थित सहिद स्मारकमा पुष्पगुच्छा अर्पणसँगै बृक्षारोपण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्रांगत दाहालले बताउनु भएको छ । कार्यक्रममा साँगीतिक प्रस्तुती गरिएको थियो । सशस्त्र प्रहरीले गरेका आन्तरिक तथा जनसेवामुखी कार्यक्रमका उत्कृष्ट ब्यक्तीत्वहरुलाई पुरस्कार, प्रसंसा तथा कदर पत्र दिईएको छ । त्यस्तै अमर सशस्त्र प्रहरी परिवारजनलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सहभागी प्रमुख अतिथी एवम् विशिष्ठ अतिथिहरुले मन्तब्यका क्रममा सशस्त्र प्रहरीले गरेको योगदानहरुको चर्चागर्दै दिवसका अवसरमा शुभकामना ब्यक्त गरेका छन् । गण तथा मातहत ईकाईहरुमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रसंसा पत्र प्रदान गरिएको छ । सशस्त्र प्रहरी बलमा लामो समय रही सेवा निवृत्त भएका भूपु सप्र परिचर नगेन्द्र भाटलाई कदर पत्र प्रदान गरिएको छ । अमर सशस्त्र प्रहरीका परिवार श्रीमती सीतारानी थारु, भतिज ठाकुर सिंह थारु, वुवा देवीराम घिमिरे, श्रीमती रुविना चौधरी, वुवा हिरालाल चौधरी, आमा नन्द वुढा, आमा झोलाही थारु, श्रीमती हरिकला विकलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

डिउटी परिचालन तथा ब्यवसाकि ढंगले कार्य सम्पादन गर्दै आएको सप्रनानि डिलबहादुर नेपाली, डिउटी अप्रेशन लगायत अन्य कार्यमा ब्यवसायिक ढंगले सम्पादन गरेको सप्रवह धन बहादुर आले, फिल्ड तथा एमआई रुमका सप्रह राजु चौधरी, लागुऔषध नियन्त्रण तथा राजस्व संकलन तर्फ विओपी फुटाहाका सप्रसह हरिराम अहिर यादव, सोहीतर्फ विओपी धर्मवस्तीका सप्रसह सम्भव कुमार तिमिल्सेना, प्रवन्ध तथा कोत शाखाका सप्रसह तिलक बहादुर पुनमगर, लागुऔषध तर्फ विओपी राजापुरका सप्रज निरज थारु, डिउटी अप्रेशन तर्फ सप्रज लक्ष्मी दर्लामी, कार्यालय संचालन प्रशासन शाखा तर्फ सप्रज भिम पौडेल, विल्लादार जवान मेसतर्फ सप्रप भुपेन्द्र भाटलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

कार्यक्रममा हतियार ह्याण्डलिग प्रतिस्पर्धामा प्रथम हुने सप्रज लक्ष्मी दर्लामीलाई पदक, प्रमाण पत्र प्रदान गरिएको छ । २ माईल दौडमा प्रथम महिला तर्फ सप्रसनी सीता कुमारी चौधरी र पुरुषतर्फ सप्रज सन्दिक थारु, टेनिस खेलका प्रथम सप्रह सुरेश थारु, ब्याडमिंटन खेलमा प्रथम सप्रसनि पुर्णमान रामजालीले पदक, प्रमाण पत्र प्राप्त गरेका छन् । रस्साकस्सीतर्फ सप्रवनानि संजित श्रेष्ठ, सप्रनानि डिलबहादुर नेपाली, सप्रसनि रामसिंह थारु, सप्रसनि कमल किशोर यादव, सप्रसनि मगरु थारु र सप्रसनि नाराज शाहीले प्रदक हात पारेका छन् । भलिवल तर्फ सप्रसनि नमराज शाही, सप्रवह नन्द बहादुर सिँजाली, सप्रसह रविन्द्र बहादुर कुँवर, सप्रज दिपदर्शन शाही, सप्रज शिखर खड्का र सप्रज टिकाराम रानाले पदक प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments