• १० वैशाख २०८३, बिहिवार
  • २१ °C काठमाडौं
पत्रकार महासंघ बर्दियाको साधारण सभा तथा अधिवेशन वैशाख ३० गते

अनोज थारु, १७ वैशाख, बर्दिया । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको साधारण सभा तथा अधिबेशन बैशाख ३० गते आईतबार हुने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्यको अध्यक्षतामा सोमबार बसेको कार्यसमितिको बैठकले साधारण सभा तथा अधिबेशनको मिति तय गरेको हो ।

कार्यसमितिको बैठकले बैशाख ३० गते बिहान ११ बजे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको आफ्नै भवनमा साधारण सभा तथा अधिवेशन गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ बर्दियाका सचिव सन्तोष पौडेलले बताउनु भएको छ । साथै नेपाल पत्रकार महासंघलाई आजका दिनसम्म विभिन्न कार्यमा सहयोग गर्ने सम्पूर्ण कार्यालय, पालिका, संघ, संस्था, पत्रकारहरु लगायत नागरिकहरुलाई कार्यसमितिले धन्यवाद ज्ञापन गरेको छ । नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश तथा केन्द्रिय साधारण सभा तथा अधिवेशन  सकिएपछि केन्द्रिय कार्यसमितिको निर्णयले महासंघको निर्वाचनको मिति तय गर्ने बताईएको छ । 

त्यस्तै २०८० साल जेठ २४ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले सदस्यता शुद्धिकरण, सदस्यता नविकरण र नयाँ सदस्य बितरणको बिषयमा सर्वसम्मत रुपमा सिफारिस गरेर पठाएको नामावली मध्ये नयाँ सदस्यतामा अफजल खानको नाम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले केन्द्रमा सिफारिस नगरेकोमा उक्त निर्णय सच्याउँदै जिल्ला शाखा बर्दियाले गरेको सिफारिस अक्षरस कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय कार्यसमितिले गरेको नेपाल पत्रकार महासंघ बर्दियाका सचिव सन्तोष पौडेलले जानकारी दिनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments